शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

व्यासको प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीको अग्रता

फाइल फोटो

तनहुँ - तनहुँको व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएका छन् । हालसम्म गणना भएकामध्ये स्वतन्त्र उम्मेदवार जोशीले एक हजार ३१६ मत प्राप्त गरेका छन् । 

प्रतिस्पर्धी नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले ८६१ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेकपा एमालेका बसुन्धरा घर्तीले अग्रता लिएकी छिन् । घर्तीले एक हजार ३४ मत प्राप्त गरेका छन् । 

प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्दिरा दरैले ९६५ मत प्राप्त गरेकी हुन् । चौध वडामध्ये व्यासका वडा नं १, २, ३ र ४ को मतगणना भइरहेको छ ।