सांघाइमा घट्यो कोरोना संक्रमण

सांघाइ- चीनको सांघाइमा कोरोना संक्रमण घटेको पाइएको छ । यहाँ गएको २४ घन्टामा यहाँका स्थानीय स्तरमै संक्रमित भएकाको संख्या ८२ मात्र रहेको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा चीनको सांघाइ सहरमा संक्रमित व्यक्तिमध्ये ८२ जना स्थानीय स्तरमै संक्रमित भएकाहरु पाइएका छन् ।
उता यहाँ बाहिरबाट आएका अन्य संक्रमितहरु भने २६३ जना रहेका छन् । ती संक्रमितहरु विदेश तथा चीनका अरु सहरबाट आएकामा पाइएको बताइएको छ ।पछिल्लो केही दिनयता कोरोनाभाइरसका संक्रमितको संख्या केही मात्रामा घट्न थालेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
सांघाइ म्युनिसिपल हेल्थ कमिसनले दिएको जानकारीअनुसार यहाँ तीन हप्ता अघि दैनिक कम्तीमा २ हजार देखि माथि नै पाइने गरेका संक्रमितहरुको संख्या अहिले घटेको छ ।
पछिल्ला केही दिनयता संक्रमित व्यक्तिको संख्या घट्न थालेको स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् । चीनका विभिन्न सहरमा कोरोना भाइरसका संक्रमितहरुको संख्या प्रत्येक दिन घट्दै गएका बताइएको छ । (सिन्ह्वा)

५ बजेदेखि युद्ध र सैन्य कारबाही रोक्ने सहमति भयो : भारत

पाकिस्तानी विदेशमन्त्री डारले भने- युद्धविराममा सहमति भयो

डोनाल्ड ट्रम्पको दाबी : अमेरिकाको मध्यस्थतामा युद्धविरामका लागि भारत र पाकिस्ता…

पाकिस्तानसँगको द्वन्द्वले भारतका दर्जनौं विमानस्थल अस्थायी रूपमा बन्द
भारतको ‘अप्रेशन सिन्दूर’विरूद्ध पाकिस्तानले सुरु गर्यो ‘बुनयान-उल-मरसूस’

ट्रम्प मध्यपुर्वमा निस्कनुअघि अमेरिकन रक्षा सचिवको इजरायल भ्रमण रद्द

भारतका ७७ ड्रोन खसालेको पाकिस्तानको दावी

प्रतिक्रिया