लेखन कुन्जमा मन्चविहिनको मन्च

काठमाडौं : ‘मन्च विहिनको मन्च’को श्रृंखला लेखन कुन्जमा आयोजना भएको छ । घोस्ट राइटिङका विद्यार्थीले आयोजना गर्दै आएको यो कार्यक्रम गत साल कोरोना महामारीका कारण रोकिएको थियो ।
प्रमुख अतिथि मोमिला जोशीले नेपालमा मन्च विहिनलाई मन्च दिने नयाँ खालको कार्यक्रम गरेकोमा शब्द संसारलाई धन्यवाद दिदै भनिन् ‘स्रष्टाले स्रष्टाकै अगाडि रचना गरेर तत्कालै प्रतिक्रिया दिई त्यो सच्याएर पुस्तक निकाल्ने कुरा मेरो लागि नयाँ छ । यस्तो खालको कार्यक्रमको निरन्तरताको शुभकामना छ ।’
विशेष अतिथिको रुपमा बोल्दै नेपाल चेम्बर अफ कमर्श महिला समूहकी महासचिव र समाजसेवी एवम भरत मोहन प्रतिष्ठानको एक्जुकेटिभ डाइरेक्टर लिमा अधिकारीले लेखन कुन्जमा आफ्नो बुबाको दुई पुस्तक निकालेको स्मरण गर्दै संस्थामा यस्तो खालको नयाँ कार्यक्रम भएकोमा खुशी व्यक्त गरिन् । ‘साहित्यमा नयाँ खालको प्रयोगको म आजदेखि प्रशंसक भएको छु ।’
कार्यक्रमका संरक्षक एवम लेखन कुन्ज नेपालका अध्यक्ष कमल ढकालले शब्द संसारले हरेक कार्यक्रम विशेष गर्ने र मान्छेको प्रेरणा मान्छे भएकाले एक अर्कालाई प्रेरित गर्न यस्ता कार्यक्रमको आयोजना गरेको बताए । कार्यक्रममा जयकुमार पौडेल, अनुराधा शर्मा, चुडामणि नेपाल, कमला खनाल, प्रज्ञा खनाल, पवित्रा दाहाल, मृत्युन्जय झा, सिर्जना शर्मा, देवेन्द्र केसि देवु, माधवी शर्मा ,प्रभा निरौला, बिमला अधिकारी लगायतले रचना वाचन गरेका थिए ।
हरेक महिनाको दोस्रो शनिबार हुने कार्यक्रम अब वैशाख नयाँ वर्षकालागि उपत्यका बाहिर गरिने आयोजकले बताएको थियो । यसअघि मन्च नपाउनेहरूलाई मन्च दिदै मन्च विहिनको मन्चले लप्सिफेदीको बृद्धाश्रममा, अनाथ टुहुरा भएको ठाउँ पवित्र समाजसेवामा, बेचिएकी चेलीहरूको लागि खटिएको संस्था सुनिता फाउन्डेसनमा, भ्याली बाहिर बन्दीपुरको दुर्गम ठाउँको एक स्कुल लगायतको ठाउँमा गरिसकेको पनि कार्यक्रममा बताइएको थियो ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया