न्युयोर्कमा फेरि बढ्यो कोरोना

न्युयोर्क- अमेरिकाको न्युयोर्कमा कोरोना भाइरस फेरि बढ्न थालेको छ । अमेरिकाको सबैभन्दा ठूलो सहरको रुपमा रहेको न्युयोर्कमा कोरोना फेरि बढ्न थालेपछि सतर्कता पनि बढाइएको छ । महामारीको “मध्यम खतरा”मा रहेको न्युयोर्क अहिले 'उच्च खतरा'मा बर्गिकृत भएको अधिकारीहरुले जनाएका छन् । मध्यम जोखिमको अवस्थामा भने यही मे महिनाको सुरुमै राखिएको थियो ।
महामारी बढेपछि स्वास्थ्य सेवामा पनि दवाव सृजना भएको छ । महामारी फैलिएकाले मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्नेलगायतका कार्यमा ध्यान दिन पनि स्वास्थ्य अधिकारीहरुले जोड दिएका छन् ।
कोरोना महामारी नियन्त्रण सम्वन्धी निर्देशिकाको कडाइका साथ पालना गर्न पनि अधिकारीहरुले आग्रह गरेका छन् ।
कोरोना सर्ने उच्च खोजिमपूर्ण गतिविधिहरु नगर्न र घर बाहिरका गतिविधिहरु पनि कम गर्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् । (एएनआई)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया