नबिलको अमेरिकी डलरमा बिक्री गर्ने भनिएको बन्ड अनिश्चित

काठमाडौँ– नेपाल राष्ट्र बैंकले नबिल बैंकले भारु डिनोमिनेटेड अमेरिकी डलरमा बिक्री गर्नेगरी नबिल बैंकले जारी गर्न प्रस्ताव गरेको बचतपत्र (बन्ड) लाई स्वीकृति दिन अस्वीकार गरेको छ । डलरको मूल्य उतारचढावको ५० प्रतिशत राष्ट्र बैंकले व्यहोर्नुपर्ने शर्तमा नबिल बैंकले ९ अर्ब रुपैयाँ बराबरको बन्ड जारी गरी त्यसलाई अमेरिकी डलरमा बिक्री गर्ने भएको थियो ।
विनिमयदरको जोखिम कम गर्नका लागि भारु डिनोमिनेटेड बन्ड डलरमा बिक्री गर्नेगरी बैंकले प्रस्ताव गरेको थियो । विदेशी मुद्रा सञ्चितिमा चाप परेको समयमा बन्ड बेचेर डलर भित्र्याउने नबिलको प्रस्तावमा राखिएको डलरको मूल्यमा उतारचढावको ५० प्रतिशत राष्ट्र बैंकले व्यहोर्नुपर्ने भन्ने शर्तका कारण केन्द्रीय बैंक पछि हटेको हो ।
‘राष्ट्र बैंकको ब्यालेन्स सीटमा असर पर्नेगरी डलरमा बिक्री भएको बन्डका लागि डलरको उतारचढावलाई ५० प्रतिशत क्षतिपूर्ति दिने भन्ने हुन सक्दैन,’ नेपाल राष्ट्र बैंकको उच्च स्रोतले भन्यो, ‘राष्ट्र बैंकले विदेशी लगानी रोक्यो भनेर कोकोहोलो भैरहेको छ । हामीले भारु डिनोमिनेटेड बन्ड जारी गर्न मिल्नेगरी भारतसँग पनि समन्वय गर्यौं । जारी गर्नुस् भन्दा डलर उतारचढावको ५० प्रतिशत क्षतिपूर्ति मागेपछि रोकिएको हो ।’
नबिल बैंकलाई डलर उतारचढावको ५० प्रतिशत क्षति राष्ट्र बैंकसँग माग्ने शर्त छाडेर बन्ड जारी गर्न कुनै समस्या नभएको बताइएको छ । नबिलले ५ प्रतिशत ब्याजदर राखेर पाँच वर्षका लागि बन्ड जारी गर्न खोजेको बताइएको छ ।
यद्यपि, नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवालीले बैंकको प्रस्तावमा राष्ट्र बैंक सकारात्मक नभएपछि यो विषय अहिले सेलाइसकेको बताए । ‘५ करोड डलर बराबरको बन्ड बिक्री गर्नेगरी प्रस्ताव गरिएको हो,’ उनले भने, ‘बन्ड किन्ने लगानीकर्ता खाेजेर नै यो प्रस्ताव गरिएको हो तर अघि बढाउन सकिएन । अब हामी यसमा अल्झेका छैनौं । अरु धेरै प्राथमिकता छन् ।’

सुनको मूल्य बढ्यो

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य गर्न सुदृढ गरिने

अढाइ दशकदेखि सञ्चालित कँडेल फ्रुट्स सेवा विस्तारमा, फलफ्रुट्स ब्राण्डमा ५ वर्षमा …

चालु आर्थिक वर्षमा स्रोत नखुलेको तीन करोड ४६ लाख रूपैयाँ बरामद

ग्लोबलको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क, कसरी लि…
पैचो नेशलन सेल्स समिट सकियो , ग्रामिण उत्पादनलाई बजारिकरणमा जोड

प्रतिक्रिया