शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

चितवनको कालिका नगरपालिकामा एमाले विजयी

चितवन–चितवनको कालिका नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बिनोद रेग्मी विजयी भएका छन । रेग्मीले  गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका शिवराम केसीलाई १४३ मतको झिनो मतले हराएका हुन् । विजयी रेग्मीले १० हजार ७ सय १४ मत ल्याउँदा केसीले १० हजार ५ सय ७१ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा एमालेकै बिमला लामा विजयी भएकी छिन् । लामाले गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी सविता लामालाई पराजित गरेकी हुन् ।  विमलाले १० हजार ४ सय ४९  मत ल्याएकी छिन् । उनकी प्रतिस्पर्धी सविताले ९ हजार ६ सय ८८ मत ल्याइन् ।