बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

धरानमा पनि ‘लौरो’ अगाडि, स्वतन्त्र उम्मेदवार साम्पाङ कांग्रेसका राईभन्दा ५० मतले अगाडि

विराटनगर–  धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पुनः अग्रता लिएका छन् । साम्पाङ नेपाली कांग्रेसका उम्मेदवार किशोर राईसँग ५० मतले अगाडि छन् ।

राईले ७ हजार ९९६ मत पाएका छन् भने तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ६ हजार ६१० मत ल्याएकी छन् ।

धरानमा सामाजिक मुद्दामा अभियान चलाइरहेका साम्पाङ लौरो चुनाव लिएर चुनावमा होमिएका थिए । सामाजिक सञ्जालमा उनी हर्क साम्पाङ अ रिभोलुसन नामले परिचित छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बचाउ अभियानमा पनि सक्रिय छन् ।