एमालेको विजय र्यालीमा प्रयोग भएको ट्रक दुर्घटना, २४ जना घाइते

बुटवल- रुपन्देहीको सिद्धार्थनगर-१० मा विजय जुलुसमा प्रयोग भएको मिनी ट्रक दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । मतगणना स्थलबाट एमालेको विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर–१० को शंकरपुरमा लु १ ख ८०७८ नम्बरको मिनि ट्रक दुर्घटनामा परेको हो ।
मिनी ट्रक अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देका प्रहरी निरिक्षक केशव केसीले जानकारी दिए । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ को अवस्था गम्भीर छ भने दर्जनभन्दा बढी घाइते भएका छन् ।
घटनाको यकिन विवरण आउन बाँकी छ । सिद्धार्थनगर-१० बाट नेकपा एमालेका उम्मेदवार सुर्जमन यादव अहिर विजयी भएका छन् । उनी एक हजार एक मत ल्याएर विजयी बनेका हुन् ।
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_sWGCIrh7Iq_xkxbqapmrjors8sa6b4x9ytladi5ifb83upwddxdrwad2opmqobwgkezwgnj.jpg)
प्रतिक्रिया