इन्डोनेसियाको इसाई गिर्जाघरमा आत्मघाती आक्रमण, कम्तीमा १४ जना घाइते

जकार्ता : पूर्वी इन्डोनेसियाको साउथ सुलावेसी राज्यको एक इसाई गिर्जाघरमा आत्मघाती आक्रमण भएको प्रहरीले जनाएको छ ।
इन्डोनेसिया प्रहरीले दुई जना शंकास्पद व्यक्तिले आइतबार बिहान गराएको आत्मघाती बम आक्रमणमा परेर कम्तीमा १४ जना घाइते भएका बताएको छ ।
राजधानी जकार्तामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता आर्गो युओनोले उक्त घटनामा संलग्नहरुको खोजी गर्न प्रहरीले व्यापक अनुसन्धान थालेको जानकारी दिए ।
उक्त बम आक्रमण सुलावेसी राज्यको मकासारस्थित एक गिर्जाघर बाहिर स्थानीय समय अनुसार आइतबार बिहान १०.३० बजे भएको थियो ।
मोटरसाइकलमा आएका दुई व्यक्ति गिर्जाघरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए, तर गिर्जाघरका सुरक्षा गार्डले उनीहरुलाई ढोका बाहिरै रोकेका थिए । (सिन्ह्वा)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया