झापाको कचनकवलमा कांग्रेस–एमाले गठबन्धन विजयी

काठमाडौं–झापाको कचनकवल गाउँपालिकामा राप्रपालाई हराउँदै कांग्रेस–एमाले गठबन्धन विजयी भएको छ । मेयर पदमा राप्रपाका उम्मेदवार अन्जार आलमलाई हराउँदै कांग्रेसका उम्मेदवार कालेन्द्रप्रसाद सिंह राजवंशी विजयी भएका छन् । उनले ११ हजार ४ सय ५७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी आलमले ६ हजार ६ सय ६७ मत मात्रै ल्याए ।
यस्तै उपमेयर पदमा एमालेका नवराज भट्टराईले ८ हजर १ सय ४३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी निमसरी राजवंशीले ६ हजार ८ सय २ मत ल्याएकी छिन् । अघिल्लो निर्वाचनमा कचनकवल राप्रपाले जितेको थियो । राप्रपाको बलियो पकड मानिएको यस पालिकामा राप्रपालाई हराउन कांग्रेस र एमालेले गठबन्धन गरेर चुनाव लडेका थिए ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया