बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

एमाले नेता सुवास नेम्वाङकाे गृहनगर इलाममा कांग्रेसको जित

काठमाडौं– एमाले नेता सुवास नेम्वाङको गृहनगर इलाममा नेपाली कांग्रेसले मेयर उपमेयर दुवै पदमा जित हासिल गरेको छ । मेयर पदमा कांग्रेसका उम्मेदवार केदार थापाले १३ हजार १ सय ६५ मत ल्याएर जितेका हुन् ।  उनका प्रतिस्पर्धी एमालेका धिरेनकुमार चेम्जोङले १०  हजार ५ सय ८७ मत ल्याएका छन् । 


उपमेयरमा विजयी हुने कांग्रेसकी विष्णुकुमारी लिम्बुले  १३ हजार ५ सय ४२ मत ल्याएकी छिन् । उनको प्रतिस्पर्धी एमालेकी सीतादेवी रिजालले १०ं हजार ८८  मत ल्याएकी छिन् ।