रुपन्देहीको शुद्वोधन गाउँपालिकामा पनि काँग्रेस विजयी

बुटवल- रुपन्देहीको शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेसका बिष्णुप्रसाद बस्याल विजयी भएका छन् । बस्याल ७ हजार ९ सय ८३ मत ल्याइ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी निर्वतमान गाउँपालिका अध्यक्षसमेत रहेका नेकपा एमालेका किशुन चन्द्र चौधरीले ६ हजार २ सय ७० मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा नेकपा एमालेकी शान्ता देवी ज्ञवाली ६ हजार ६ सय ८२ मत ल्याई विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धन तर्फ नेकपा माओवादीकी शारदा भुषालले ३ हजार २ सय ५५ मत प्राप्त गरेकी छन् ।
शुद्धोधनको वडा नम्बर १ मा जसपाका उदयराज गडेरिया ९ सय ९२ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका जंग बहादुर यादवले ९ सय ९१ मत प्राप्त गरेका छन । वडा नम्बर २ मा कांग्रेसमा कमल खडका क्षेत्री १ हजार ३ र सय १८ मत ल्याई विजयी भए भने एमालेका किरण नेपालले १ हजार ३ सय ६ मत सहित दोश्रो भए ।
वडा नम्बर ३ मा एमालेका हेम बहादुर खडका १ हजार ६ सय ७१ मत ल्याइ विजयी भए । उनले कांग्रेसका राम प्रसाद पाण्डेलाइ पराजित गरे । पाण्डेले १ हजार ४ सय ५२ मत प्राप्त गरेका थिए । वडा नम्बर ४ मा कांग्रेसका केशव प्रसाद अधिकारी १ हजार ४ सय १३ मत सहित विजयी भए भने एमालेका राजेन्द्र कंडेल १ हजार २ सय ८९ मत ल्याई पराजित भए ।
वडा नम्बर ५ मा कांग्रेसका चन्द्रमान चौधरी १ हजार ६ सय ४३ मत ल्याई विजयी भए । उनका प्रतिद्धन्द्धी एमालेका पुन्नेराम गौतमले १ हजार ५७ मत प्राप्त गरे । वडा नम्बर ६ मा पनि कांग्रेसकै उपेन्द्र सहानी १ हजार २ सय ३५ मत सहित विजयी भए भने उनका निकटतम प्रतिद्धन्द्धी जसपाका जयशंकर पाठकले ९ सय ३ मत प्राप्त गरे । वडा नम्बर ७ मा कांग्रेसकै भिम बहादुर यादवले ८ सय २१ मत प्राप्त गरे विजयी हासिल गरे । उनका निकटतम प्रतिद्धन्द्धी जसपाका रामजित लोधले ७ सय ८८ मत प्राप्त गरे ।

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_TYtzP5iB2v_dwtcaaibnz6mgkyrjhgxspdzl41rclezstoykisi7y87hnsn7tcbjrbxf6yn.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_gIesOanmA8_q4gavgkkzn6uehtfmcl85enbbnky8heh3x2m37uwnvj4p8pmvhgtfrecixaa.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

चार सय वर्ष पुरानो सिवालय ओझेलमा

प्रतिक्रिया