१३ देशका एक मात्रै अर्बपति : जसको सम्पत्ति देशको जीडीपीभन्दा धेरै छ

काठमाडौं । फोर्ब्स म्यागजिनले सन् २०१९ मा विश्वभर दुई हजार एक सय ५३ अर्बपतिहरु रहेको जनाएको छ । फोर्ब्सका अनुसार धनाढ्यहरु खासगरी अमेरिका, चीन, जर्मनी, रुस र बेलायतमा रहेका छन् । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र संयुक्त राज्य अमेरिकामा सात सय पाँच अर्बपतिहरु छन् । संसारकै दोस्रो ठूलो अर्थतन्त्र चीनमा दुई सय ८५ अर्बपतिहरु छन् भने जर्मनीमा एक सय ४६ अर्बपति रहेको फोर्ब्सले उल्लेख गरेको छ ।
नेपालसहित १३ देशमा भने एक जनामात्र अर्बपति छन् । एकमात्र अर्बपति भएका केही मुलुकका अर्बपतिसँग देशकै जीडीपीभन्दा पनि धेरै सम्पत्ति छ । तिनैमध्यका एक हुन-एस्वाटीनीका अर्बपति नाथन क्रिश । एक्वाटीनीको अर्थतन्त्रभन्दा उनको सम्पत्ति ६० करोड डलर बढी अर्थात् देशको अर्थतन्त्रको आकारको १ सय १२ प्रतिशत सम्पत्ति छ । लिक्टीस्टाइनका अर्बपति क्रिस्टोफ जेलरको सम्पत्ति देशको अर्थतन्त्रको झण्डै आधा अर्थात् ४८.२ प्रतिशत छ ।
फोर्ब्स म्यागजिनमा सूचीकृत नेपालका एकमात्र अर्बपति विनोद चौधरीसँग १ अर्ब ७० करोड अमेरिकी डलर सम्पति छ । जुन नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) अर्थात् अर्थतन्त्रको ५.९ प्रतिशत हो । चौधरीलाई फोर्ब्सले सन् २०१३ मा पहिलोपटक अर्बपतिका रुपमा सूचीकृत गरेको थियो । त्यतिबेला उनको सम्पत्ति एक अर्ब अमेरिकी डलर थियो । ६ वर्षको अन्तरालमा उनको सम्पत्ति ७० करोड अमेरिकी डलरले वृद्धि भएको थियो । मुलुकमै एकमात्र अर्बपति रहेका १३ देशका अर्बपतिमध्ये अन्यमा अल्जेरियाका अर्बपति इसाद रेब्राबसँग तीन अर्ब ८० करोड डलर अर्थात् अल्जेरियाको अर्थतन्त्रको २.१ प्रतिशत सम्पत्ति छ । अल्जेरियाको केभिटल नामक कम्पनीका मालिक इसादको विश्वको सबैभन्दा ठूलो चिनी प्रशोधन उद्योग रहेको छ । केभिटलले इटलीमा स्टील मिल, फ्रान्समा अप्लायन्स उत्पादन र जर्मनीमा पानी शुद्धीकरण कम्पनी सञ्चालन गरेको छ ।
नेपाली अर्बपति विनोद चौधरीसँग एक अर्ब ७० करोड अमेरिकी डलर सम्पत्ति छ । जुन नेपालको जीडीपीको ५.९ प्रतिशत हो । उनको सीजी कर्प ग्लोबल अन्तर्गत विभिन्न कम्पनीहरु छन् । जसमध्ये लोकप्रिय वाइवाइ चाउचाउ स्थापित ब्राण्ड हो । उनको कम्पनीको ३० वटा होटलमा स्वामित्व छ भने ५५ वटा होटलको व्यवस्थापन गर्दै आएको छ । उनलाई व्यवसायमा दुई छोराले सहयोग गर्दै आएका छन् ।
दक्षिण अफ्रिकी राष्ट्र अंगोलाकी एकमात्र अर्बपति हुन्-इसाबेल दोस सान्तोस । उनी अंगोलका पूर्व राष्ट्रपति जोसे एडुअर्दो दो सान्तोसकी जेठी छोरी हुन् । सान्तोसको राष्ट्रपतिकालमा उनले अंगोलामा बैंक र टेलिकमको स्वामित्व लिएकी थिइन् । उनीसँग २ अर्ब २० करोड डलर अर्थात् अंगोलाको अर्थतन्त्रको २ प्रतिशत सम्पत्ति रहेको फोर्ब्सले उल्लेख गरेको छ । जर्जियाका विद्जिना इभनीश्वीली ४ अर्ब ९० करोड अमेरिकी डलर सम्पत्ति छ । उनको सम्पत्ति जर्जियाको जीडीपीको ३०.२ प्रतिशत छ । उनले रुसमा मेटल र बैंकिङ क्षेत्रमा लगानी गरेका छन् । सन् २०१२ देखि सन् २०१३ को बीचमा उनी १३ महिना जर्जियाको प्रधानमन्त्री रहेका थिए । बियोलल्बा दो बियोगल्बासन आइसल्याण्डका एकमात्र अर्बपति हुन् । फोर्ब्सका अनुसार उनीसँग २ अर्ब २० करोड अमेरिकी डलर सम्पत्ति छ । जुन उनको देशको अर्थतन्त्रको ८.५ प्रतिशत हो । उनले रुसमा बियर उत्पादन गर्छन् । उनले क्रिप्टोकरेन्सीमा (भर्चअल मुद्रा) का साथै पोल्याण्ड र चिलीमा टेलिकममा लगानी गरेका छन् । उनले ज्वीफ्ट, बिम अप, डेलिभेरो जस्ता स्टार्ट अपमा लगानी गरेका छन् । सन् २००८ को आर्थिक मन्दीका कारण उनी टाट पल्टिने अवस्थामा थिए । त्यतिबेला उनले १ अर्ब डलरभन्दा बढी ऋण तिर्नुपर्ने अवस्था थियो ।
पश्चिम एसियाली राष्ट्र कुवेतका कुताइबा अल्घानिम त्यहाँका एकमात्र अर्बपति हुन् । यी कुवेती नागरिकसँग १ अर्ब ४० करोड डलर सम्पत्ति छ, जुन कुवेतको कुल गार्हस्थ उत्पादनको ०.९ प्रतिशत हो । अल्घानिम उनको पिताले सन् १९३० मा शुरु गरेको अल्घानिम इण्डस्ट्रीज नामक कम्पनीका अध्यक्ष हुन् । उनको कम्पनीले कुवेतमा जनरल मोटर्सद्वारा उत्पादीत फोर्ड गाडीको व्यापार गर्छन् । त्यस्तै उनको कम्पनीले पश्चिम एसियाली देशहरुमा वेण्डीज्का चेन रेष्टुराँ सञ्चालन गर्छ । युरोपेली राष्ट्र लिक्टीस्टाइनका अर्बपति क्रिस्टोफ जेलरको सम्पत्ति देशको अर्थतन्त्रको झण्डै आधा अर्थात् ४८.२ प्रतिशत छ । उनको नेटवर्थ ३ अर्ब अमेरिकी डलर छ । उनी आइभोकलार भिभाडेन्ट एजी नामक कम्पनीमार्फत् डेन्टल प्रडक्टहरुको व्यापार गर्छन् । व्यापारका लागि उनको कम्पनीले २५ देशमा कार्यालय सञ्चालन गरेको छ । उनको हजुरबुबाले सन् १९४८ मा यो कम्पनी किनेका थिए । जेलरले सन् १९९० देखि २००३ सम्म यस कम्पनीको सीईओ भएर काम गरे । अहिले उनी सञ्चालक समितिका सुपरिवेक्षक सदस्य छन् ।
फोर्ब्सका अनुसार नेपाली अर्बपति विनोद चौधरीसँग एक अर्ब ७० करोड अमेरिकी डलर सम्पत्ति छ । जुन नेपालको जीडीपीको ५.९ प्रतिशत हो । उनको सीजी कर्प ग्लोबल अन्तर्गत विभिन्न कम्पनीहरु छन् । जसमध्ये लोकप्रिय वाइवाइ चाउचाउ स्थापित ब्राण्ड हो । उनको कम्पनीको ३० वटा होटलमा स्वामित्व छ भने ५५ वटा होटलको व्यवस्थापन गर्दै आएको छ । उनलाई व्यवसायमा दुई छोराले सहयोग गर्दै आएका छन् । पोर्चुगलका एकमात्र अर्बपति मारिया फर्नाण्डा एमोरिमको ४ अर्ब ९० करोड अमेरिकी डलर अर्थात् पोर्चुगलको अर्थतन्त्रको २ प्रतिशत सम्पत्ति छ । उर्जा र बैंकिङ क्षेत्रमा लगानी उनको तेल र ग्यास कम्पनी गाल्प इनर्जिया नामक कम्पनीमा उनको १८ प्रतिशत हिस्सा रहेको छ ।
त्यस्तै कतारका अर्बपति फैसल बिन कसिम अल थानीको १ अर्ब २० करोड अमेरिकी डलर अर्थात् कतारी अर्थतन्त्रको ०.६ प्रतिशत बराबर सम्पत्ति छ । उनको अमेरिकादेखि लण्डनसम्म होटलहरु सञ्चालनमा छन् । उनको आमाल नामक कम्पनीमा बहुसंख्यक सेयर छ । आमाल चिकित्सा उपकरण, औषधीको आपूर्ति गर्दै आएको छ भने कतारमा रियलस्टेटमा पनि यस कम्पनीको लगानी छ । अमेरिकाको राजधानी सहर वासिंगटन डिसीस्थित सेन्ट रेगिस होटल र लण्डनस्थित मियामी होटल सञ्चालनमा छन् । अल थानीले १६ वर्षको उमेरमा कतारको राजधानी दोहामा १६ वर्षमा कारका पार्टहरु बिक्री गर्थे । उनी सन् १९६० मा ब्रिजस्टोन टायरको एकल आधिकारिक बिक्रेता थिए । कतारमा धेरै अर्बपतिहरु रहेको विश्वास गरिन्छ । तर अर्बपति कतारीहरु फोर्ब्समा सूचीकृत हुन इच्छुक देखिन्नन् ।दक्षिणपूर्वी युरोपेली राष्ट्र रोमानियाका नागरिक आयन टिरियाकसँग १ अर्ब १० करोड अमेरिकी डलर सम्पत्ति छ । बैंकिङ र बीमा व्यवसायमा संलग्न उनको सम्पत्ति रोमानियाको अर्थतन्त्रको ०.४ प्रतिशत हो ।
एस्वाटीनीका अर्बपति नाथन क्रिश । एक्वाटीनीको अर्थतन्त्रभन्दा उनको सम्पत्ति ६० करोड डलर बढी अर्थात् देशको अर्थतन्त्रको आकारको ११२ प्रतिशत सम्पत्ति छ । विभिन्न देशमा रिटेल, रियलस्टेटमा लगानी गरेका उनको नेटवर्थ ५ अर्ब ३० करोड अमेरिकी डलर छ । पूर्वी अफ्रिकी राष्ट्र तान्जानियाका एकमात्र अर्बपति हुन्-मोहम्मद द्वेजी । उनीसँग टेक्सटाइल, मैदा मिल, वेभरेज, खाने तेलका फ्याक्ट्री अफ्रिकाका ६ देशमा छन् । द्वेजी उनका पिताले सन् १९७० मा स्थापना गरेको मेटल नामक कम्पनीका सीईओ हुन् । उनको खुद सम्पत्ति १ अर्ब ९० करोड अमेरिकी डलर छ, जुन तान्जानियाको जीडीपीको ३.३ प्रतिशत हो ।
बेलगाम मुद्रास्फितिका कारण हालसालै ठूलो आर्थिक संकट व्यहोरेको दक्षिणी अफ्रिकी राष्ट्र जिम्बाबेका एकमात्र अर्बपति हुन्- स्ट्राइभ मेसियिवा । उनको दूरसञ्चार व्यवसायमा लगानी छ । उनीसँग २ अर्ब ८० करोड खुद सम्पत्ति रहेको फोर्ब्सले उल्लेख गरेको छ । जुन जिम्बाबेको कुल गार्हस्थ उत्पादनको ९ प्रतिशत हो । अफ्रिकाभरका टेलिकमलाई स्याटलाइट र फाइबर अप्टिक सेवा उपलब्ध गराउने लिक्विड टेलिकम नामक निजी कम्पनीमा उनको आधाभन्दा बढी सेयर स्वामित्व रहेको छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

एनसेलले तिर्यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारले ग…

नेपालभरका प्रयोगकर्ताहरूका लागि रियलमीको सरल किस्ता योजना

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा उमाकान्त शर्मा, निर्वाचित हुने अन्य पद…

भेडेटारको स्काइवाक पुगेर मुख्यमन्त्री कँडेलले गरे कर्णालीको पर्यटनमा लगानी गर्न…

संघीय सरकारले जिडिपीको ५ प्रतिशतभन्दा बढी आन्तरिक ऋण लिन नपाउने

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया