कागजपत्र

रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपतिमा पुन: निर्वाचित

इकागज | असार १, २०८१

काठमाडौँ- सिरिल रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपतिमा पुन: निर्वाचित भएका छन् ।

दक्षिण अफ्रिकाको संसद्‌ले सत्तारुढ अफ्रिकी नेशनल कंग्रेस (एएनसी) र विपक्षी दलहरूबीच ऐतिहासिक गठबन्धन सम्झौतापछि फेरि एकपटक सिरिल रामाफोसालाई देशको राष्ट्रपतिमा निर्वाचित गरेको हो ।

दक्षिण अफ्रिकाको नयाँ सरकारमा रामाफोसाको एएनसी, सेन्टर-राइट डेमोक्रेटिक एलायन्स (डीए) र साना दलहरू सामेल छन् ।

विजयपछिको भाषणमा रामाफोसाले नयाँ गठबन्धनको प्रशंसा गरेका थिए । उनले भने, 'नेताहरूले हाम्रो देशका सबैको हितका लागि मिलेर काम गर्नेछन् भन्ने मतदाताहरूले अपेक्षा गरेका छन् ।'

चर्को राजनीतिक नाटकका बीचमा यो सहमति भएको हो । एएनसीका महासचिव फिकिले म्बालुलाले गठबन्धन सम्झौतालाई 'उल्लेखनीय पाइला' भनेका छन्।

रामाफोसा सन् २०१८ मा पहिलो पटक दक्षिण अफ्रिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले सत्ता संघर्षपछि ज्याकोब जुमालाई राष्ट्रपति र एएनसी नेताको रूपमा प्रतिस्थापित गरेका थिए । 

राणाको क्‍लबको प्रवेश शुल्‍क र गृहमन्त्री बीपीको मासिक तलब दुवै १५ सय

विमल आचार्य | साउन २६, २०७८

इतिहासकार नयराज पन्तको डायरी अनुवाद तथा सम्पादनमा व्यस्त छन्, उनका जेठा छोरा डा. महेशराज पन्त । पिता नय...

सवा सय वर्ष पुरानो अद्भुत ‘अर्थशास्त्र’, नेपाल निर्माणको दूरदर्शी दर्शन

मानिस जन्मेपछी, केहि न केहि तरहबाट जिन्दगि बिताउनुपर्छ, कसरी जिन्दगि बिताउनु भन्‍ने विचारछ; असल् का...

राष्ट्रियताका आधार नठम्याई बुद्धिजीवीहरूको मगजको चल्‍मलाइको केही अर्थ छैन

फोहोराहरूलाई त मैले ऊष्ण प्रदेशको शृंगार मात्र भन्ठानेको थिएँ । तर गर्मीको एक दिन रोम सहरको फोन्ताना-दी...