गाउँमा विकासको लहर आयो । पहिले खानेपानी आयो । एक घन्टा तल पुगेर डोको र नाम्लोले गाग्रीमा पानी बोकेर ल्याउने बाध्यता टर्यो । गाउँलेलाई पानी जोहो गर्नलाई हाइसुख्ख भो । बिजुली आयो, ढिप्री बाल्नु परेन । …