विश्व

युद्ध नरोकिने युद्धविरामको लागि सहमत छैनौं- हमास

इकागज | बैशाख २३, २०८१

काठमाडौँ - हमासले गाजा युद्धको पूर्ण अन्त्य समावेश नगर्ने युद्धविराम सम्झौतामा सहमत नहुने बताएका छन् । हमासका वरिष्ठ अधिकारीले युद्ध अन्त्य नहुने युद्धविराम सम्झौता नगर्ने बताएका छन् ।

उनले भनेका छन्- 'हमास कुनै पनि परिस्थितिमा गाजामा युद्धको अन्त्यलाई स्पष्ट रूपमा समावेश नगर्ने सम्झौतामा सहमत हुने छैन । युद्धको पूर्ण अन्त्य बिना कुनै सम्झौता हुँदैन, गाजाको कब्जा हटाइनेछ ।' इजरायलले युद्धविराम प्रस्तावमा निर्णय गर्न एक साताको समय दिएको बेला हमासको यस्तो प्रतिक्रिया आएको हो ।

हमासले युद्ध अन्त्यको लागि आफ्नो मागलाई अस्वीकार गर्नु यस सम्झौताको बाटोमा बाधा बनिरहेको छ । अहिले हमासको प्रतिनिधिमण्डल युद्धविरामबारे छलफल गर्न इजिप्टको राजधानी कायरोमा रहेको छ । अर्कोतर्फ इजरायलले बन्धकहरूलाई रिहा गर्न हमासबाट सकारात्मक प्रयास देखेपछि मात्र आफ्नो प्रतिनिधिमण्डल कायरो पठाउने बताएको छ ।

बेलायतले जारी गरेको विवरण अनुसार अमेरिका, इजिप्ट र कतार ४० दिने युद्धविरामको आव्हान गर्ने प्रस्तावमा हमासको प्रतिक्रियाको पर्खाइमा छन् । यसमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा बन्धकहरूको आदानप्रदान पनि समावेश छ ।

हमासका अधिकारीले उक्त प्रस्तावमा गाजामा पूर्ण युद्धविरामका लागि आव्हान गर्ने स्पष्ट प्रावधान समावेश गर्नुपर्ने बताए । यद्यपि इजरायल यसका लागि तयार छैन । सम्झौताको मुख्य बाधा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको दक्षिणी गाजा सहर रफाहमा स्थल सेना पठाउनको लागि आग्रह हो । यो क्षेत्र अहिले गाजाबाट विस्थापित नागरिकहरूले भरिएको छ । यो क्षेत्रम इजरायली सेना पुगेका ठुलो रक्तपात हुने चेतावनी दिइएको छ ।

रुसद्वारा जेलेन्स्कीलाई आपराधिक ‘वान्टेड’ सूचीमा समावेश

इकागज | बैशाख २३, २०८१

काठमाडौँ - रुसले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई वाञ्छित अपराधीहरूको आफ्नो सूचीमा समावेश गरे...

विश्वव्यापीरुपमा प्रविधि क्षेत्रका ८० हजार कर्मचारीले गुमाए जागिर

इकागज | बैशाख २२, २०८१

काठमाडौँ- सन् २०२४ को पहिलो चार महिनामा विश्वव्यापीरुपमा प्रविधि क्षेत्रका ८० हजार कर्मचारीले जागिर गुमा...

भारतीय लोकसभा निर्वाचन : गान्धी परिवारले छाडेको अमेठी सिटको यस्तो छ इतिहास

इकागज | बैशाख २२, २०८१

काठमाडौँ- भारतमा जारी लोकसभा निर्वाचनमा भारतीय नेशनल कंग्रेसले उत्तर प्रदेशको चर्चित सिट रायबरेली र अम...

संयुक्त राष्ट्रसंघद्वारा सन् २०२६ लाई महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा

इकागज | बैशाख २१, २०८१

संयुक्त राष्ट्रसंघ- संयुक्त राष्ट्रसंघको महासभाले बिहीबार सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपम...

टेक कम्पनीको गैर-संस्थापकका रुपमा पहिलो अर्बपति बन्दै गुगलका सिईओ सुन्दर पिचाई

इकागज | बैशाख २१, २०८१

काठमाडौँ- अल्फाबेट इन्क तथा यसको सहायक कम्पनी गुगलका प्रमुख कार्यकारी (सिईओ) अधिकृत सुन्दर पिचाई अर्बपति...