क्रिकेट

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

इकागज | बैशाख २३, २०८१

काठमाडौँ - इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले गुजरात टाइटन्सलाई पराजित गरेको छ ।

शनिबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्सले गुजरातलाई ४ विकेटले पराजित गरेको हो ।

गुजरातले दिएको १४८ रनको लक्ष्य पछाएको रोयल च्यालेन्जर्सले १३.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यस अघि गुजरातले टस हारेर पहिला ब्याटिङ गर्दै १९.३ ओभरमा अल आउट हुँदै १४७ रन बनाएको थियो ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको ११ खेलमा ४ जितसहित ८ अंक भएको छ र सातौं स्थानमा उक्लिएको छ । त्यस्तै गुजरातको भने यो सातौं हार हो । ११ खेलमा ८ अंक रहेको गुजरात नवौं स्थानमा झरेको छ ।
 

राष्ट्रपति पौडेलले दिए विश्वकप खेल्ने क्रिकेट खेलाडीलाई शुभकामना

इकागज | बैशाख २२, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी-२० विश्वकप क्रिकेट खेल्ने खेलाडीलाई सफलताका लागि शुभकाम...

न्यूजिल्यान्डबाट विश्वकप खेलेका एन्डरसन अमेरिकी क्रिकेट टिममा

इकागज | बैशाख २२, २०८१

काठमाडौँ- सह-आयोजक अमेरिकाले आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि टिमको घोषणा गर्दा न्यूजिल्य...

टी-२० विश्वकप खेल्ने वेस्ट इन्डिजको टिम घोषणा, अटाए नेपालसँग खेलेका तीन खेलाडी

इकागज | बैशाख २२, २०८१

काठमाडौँ- वेस्ट इन्डिजले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिक...