क्रिकेट

वेस्ट इन्डिजका क्रिकेटर थोमसमाथि ५ वर्षको प्रतिबन्ध

इकागज | बैशाख २१, २०८१

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले वेस्ट इन्डिजका ब्याटर डेभोन थोमसलाई पाँच वर्षको प्रतिबन्ध लगाएको छ ।

थोमसले श्रीलंका क्रिकेट (एसएलसी), इमिरेट्स क्रिकेट बोर्ड (ईसीबी) र क्यारेबियन प्रिमियर लिग (सीपीएल) को भ्रष्टाचार विरोधी संहिताको उल्लंघन गरेको स्वीकार गरेपछि आईसीसीले उनीमाथि क्रिकेटको कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

यसअघि गत वर्षको मे महिनामा आईसीसीले थोमसलाई भ्रष्टाचार विरोधी संहिता अन्तर्गत म्याच फिक्स गर्ने लगायत सातवटा आरोपमा अस्थायी रूपमा निलम्बन गरेको आईएएनएसले जनाएको छ ।

आईसीसीले थोमसको अयोग्यता अवधिको अन्तिम १८ महिना निलम्बन गरिने पनि बताएको छ ।

३४ वर्षीय थोमसले वेस्ट इन्डिजका लागि सन् २००९ देखि २०२२ सम्म २१ एकदिवसीय अन्तर्राष्ट्रिय तथा १२ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।