क्रिकेट

टी-ट्वान्टीमा जापानविरुद्ध मंगोलिया कीर्तिमानी १२ रनमै अलआउट

इकागज | बैशाख २६, २०८१

काठमाडौँ- टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा जापानविरुद्ध मंगोलिया १२ रनमै अलआउट भएको छ ।

घरेलु टोली जापानविरुद्धको सात खेलको टी-ट्वान्टी सिरिजको दोस्रो खेलमा बुधबार मंगोलिया १२ रनमै अलआउट भएको छ । यससँगै जापानले खेल २ सय ५ रनले जितेको छ ।

२ सय १८ रनको लक्ष्य पछ्याएको मंगोलियाले ८ ओभर २ बलमा सबै विकेट गुमाएर केवल १२ रन बनाउन सक्यो ।

टी-ट्वान्टी अन्तर्राष्ट्रियमा मंगोलियाले बनाएको यो सर्वाधिक दोस्रो कम रन हो । यसअघि स्पेनविरुद्ध इस्ले अफ म्यानले १० रन बनाएको थियो ।

मंगोलियालाई सस्तैमा समेट्न जापानका काजुमा काटो-स्टाफोर्डले सर्वाधिक ५ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनायो । जापानका लागि साबाओरिश रविचन्द्रनले सर्वाधिक ६९ रन बनाए ।

सन्दीप लेख्छन् : म न्याय माग्दा माग्दै शिथिल भइसकेँ, यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस्

इकागज | बैशाख २५, २०८१

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेले आफू न्याय माग्दा माग्दै शिथिल भइसकेको र अपराध पुष्ट...

टी-ट्वान्टीमा जापान १६६ रनले विजयी हुँदा मंगोलिया ३३ रनमै अलआउट

इकागज | बैशाख २५, २०८१

काठमाडौँ- घरेलु टोली जापानविरुद्धको ७ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा पाहुन...

टी-ट्वान्टी विश्वकपमा मार्सले बलिङ गर्न सक्षम हुने प्रशिक्षक म्याकडोनाल्डको विश्वास

इकागज | बैशाख २५, २०८१

काठमाडौँ- आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकपमा खेल्नका लागि अस्...

मूलपानी क्रिकेट रंगशालाको डिपीआर खेलकुद मन्त्रालयमा प्रस्तुति

इकागज | बैशाख २४, २०८१

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्...

आक्रमणको चेतावनीपछि टी-ट्वान्टी विश्वकपका लागि कडा सुरक्षाको आश्वासन

इकागज | बैशाख २४, २०८१

काठमाडौँ- इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) र क्रिकेट वेस्ट इन्डिजले आगामी जुनमा आयोजना हुने आईसीसी ...