क्रिकेट

विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी

इकागज | जेठ २, २०८१

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास खेल जितेको छ । गएराति भएको खेलमा नेपालले ४ विकेटले जितेको हो ।

विनवार्ड्सले दिएको १९७ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । 

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४२ बलमा ७१ र दीपेन्द्र सिंह ऐरीले २५ बलमा अविजित ५२ रन बनाएका थिए । त्यस्तै सोमपाल कामी ३५ रनमा अविजित रहेका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको विनवार्ड्सले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । 

विश्वकपको तयारीमा रहेको नेपालले विनवार्ड्स भोलक्यानोजसँग थप दुई अभ्यास खेल खेल्नेछ । नेपालले अब १६ मेमा दोस्रो र १८ मे मा तेस्रो अभ्यास खेल खेल्ने छ ।

विश्वकपका लागि नेदरल्यान्ड्सको टिम घोषणा, पहिलो खेल नेपालविरुद्ध खेल्ने

इकागज | बैशाख ३१, २०८१

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जुन १ देखि २९ तारिखसम्म आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट...