क्रिकेट

ऋषभ पन्तलाई आइपिएलको एक खेलबाट निलम्बन

इकागज | बैशाख २९, २०८१

काठमाडौँ - आइपिएल टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई आईसीसीको नियम उल्लंघन गरेको आरोपमा एक खेलको निलम्बन गरिएको छ । उनलाई जरिवाना समेत लगाइएको छ ।

इन्डियन प्रिमियर लिगको ५६औँ खेलमा टिमको स्लो बलिङका कारण पन्तविरुद्ध यो कारबाही गरिएको हो । राजस्थान रोयल्ससँगको यो खेल ७ मेमा दिल्लीको अरुण जेटली स्टेडियममा भएको थियो ।

दिल्ली क्यापिटल्सले तेस्रो पटक न्यूनतम ओभर रेटको सीमा उल्लंघन गरेको कारण यो कारबाही गरिएको हो ।

यति मात्र होइन, पन्त बाहेक टिमका सबै सदस्यलाई १२ लाख रुपैयाँ वा म्याच फीको ५० प्रतिशत, जुन कम हुन्छ, जरिवाना गरिएको छ ।

यसअघि पनि आईपीएलका क्रममा धेरै चर्चित खेलाडीलाई खेलबाट निलम्बन गरिएको थियो ।

हरभजन सिंह, रविन्द्र जडेजा र डेभिड वार्नरलाई लिग नियम उल्लंघन गरेको आरोपमा निलम्बन गरिएको थियो ।

ललितपुर मेयर्स कपः बागमतीविरुद्ध ललितपुर मेयर्सको शानदार जित

इकागज | बैशाख २९, २०८१

काठमाडौँ- ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिताअन्तर्गत आयोजक ललितपुर मेयर्स-११ ले शानदार जित हात...

अलराउन्डरतर्फ दिपेन्द्र ११ औँ स्थानमा रहँदा अन्यको अवस्था कस्तो ?

इकागज | बैशाख २६, २०८१

काठमाडौँ- आईसीसीको टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ नेपालका दिपेन्द्र सिंह ऐरीको वरीयता य...