धुञ्चे-गोसाइँकुण्ड केबलकार निर्माण गर्नुपर्छ : ओली

इकागज | बैशाख २२, २०८१

रसुवा- पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले धुञ्चे-गोसाइँकुण्ड केबलकार निर्माणमा जोड दिएका छन् ।

नेकपा (एमाले) रसुवा जिल्लाको नवौँ अधिवेशनको आज धुञ्चेमा उद्घाटन गर्दै अध्यक्ष ओलीले जिन्दगीमा एकपटक पुग्नुपर्ने पवित्र तीर्थस्थलमा भक्तजनको सहज धार्मिकयात्राका लागि केबलकार आवश्यक रहेको बताए । उनले केबलकारको विकासले रेडपाण्डाको बसोबासमा समेत कुनै असर नपर्ने भएकाले सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरी त्यसलाई सम्भव बनाउनुपर्ने उनको भनाइ थियो । 

समृद्व नेपाल सुखी नेपालीको नारालाई शिरोपर गर्दै समयअनुसार जनतालाई फलदायी हुने विकासकार्यमा अगाडि बढ्नुपर्ने भन्दै अध्यक्ष ओलीले विकासका कुरा छाडेर व्यक्ति वा समुदायमाझ विखण्डनकारी क्रियाकलापमा नलाग्न सबैलाई आग्रह गरे ।

अध्यक्ष ओलीले केरुङ-काठमाडौँ रेलमार्गको सर्भे कार्य भइसकेकाले २४ किमी टनेल निर्माण भएमा आधा घण्टामै स्याफ्रुबेँसीबाट बेत्रावती पुग्ने वातावरण बन्ने भन्दै नमुनाका रूपमा आफूले सुरु गराएको सिस्नेखोला दहचोक काठमाडौँ सुरुङमार्गको प्वाल छेड्ने कार्यसम्पन्न भइसकेकाले अब छिट्टै सवारीसाधन आवतजावत हुने विश्वास व्यक्त गरे । 

एमाले रसुवा अध्यक्ष कर्नेल तामाङको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा रक्षामन्त्री एवं एमाले केन्द्रीय सदस्य हरि उप्रेतीले पार्टी अध्यक्षको नेतृत्व र निर्देशनमा शिक्षा, स्वास्थ्य, कृषि, सडक सुधारलगायत राष्ट्रहितका कार्य अगाडि बढाउन सबैबाट सहयोगको अपेक्षा रहेको बताए । 

कार्यक्रममा पार्टीलाई योगदान गर्ने गोसाइँकुण्ड गापा अध्यक्ष कैसाङनुर्पु तामाङ, संविधानसभा सदस्य छोवाङतेञ्जिङ तामाङलगायत नेता तथा कार्यकर्तालाई सम्मान गरिएको थियो । केबलकार निर्माणका लागि गोसाइँकुण्ड गाउँपालिकाले केही वर्षअघिदेखि प्रस्ताव अगाडि बढाए पनि कार्यविधि पारित नहुँदा सो प्रस्तावले मूर्तरूप लिन सकेको छैन । अध्यक्ष ओलीको स्थलगत भ्रमणपछि कार्यविधि पारित हुन सघाउ पुग्ने विश्वास व्यक्त गरिएको छ । 

पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण

इकागज | बैशाख २२, २०८१

कास्की- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले स्थानीय तहमा आफ्नो पार्टीबाट गण्डकी प्रदेशबाट निर्वाचित जनप्रतिनि...

कांग्रेसले बाहेक देशको विकास अन्य पार्टीले गर्न सक्दैन : मोहन बस्नेत

इकागज | बैशाख २२, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले गठबन्धनका कारण पार्टीमा भएको नोक्सानीको पाठ सिक्नु...

शेखर कोइरालाले भने- नेताहरूले देशको माटो र जनतालाई सम्झेर संवेदनशील बन्‍नुपर्छ

इकागज | बैशाख २२, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा शेखर कोइरालाले राजनीतिक दलले देश माथि छ भन्ने कुरालाई...

पपुलिजम स्वीकार्य छैन भन्‍ने सन्देश इलाममा जनताले दिए : शंकर पोखरेल

इकागज | बैशाख २२, २०८१

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजमका आधारमा विचारधारको जगमा खडा भएका राजनीतिक ...

नेपाली नोटमा चुच्चे नक्सा राख्ने निर्णय सस्तो लोकरिझ्याईं : कमल थापा

इकागज | बैशाख २२, २०८१

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निरन्य सस्तो लोकरिझ्या...

रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने, महामन्त्रीलाई प्रतिवेदन बनाउने जिम्मेवारी

इकागज | बैशाख २२, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम-२ को उपनिर्वाचनको पराजयपछि समग्र पार्टीको स्थापना कालद...

एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित गराउनुपर्छ : अध्यक्ष ओली

इकागज | बैशाख २१, २०८१

नवलपरासी- पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको ...