दाहाल र लामिछानेबीच छलफल सुरू, ओली केहीबेरमा पुग्ने

इकागज | जेठ २, २०८१

काठमाडौं - संसदमा देखिएको अवरोध हटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरूले आज भेटवार्ता गर्दै छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच संसदको अवरोध हटाउने विषयमा भेटवार्ता हुन लागेको हो ।

अहिले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच छलफल शुरु भएको र एमाले अध्यक्ष ओली केहीबेरमा नै बैठकमा पुग्ने बताइएको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेको छ ।

कांग्रेसले संसदीय छानबिन समितिलाई बटमलाइन बनाएर संसदको अवरोध जारी राखेपछि सरकार अप्ठ्यारोमा परेको छ ।

प्रतिनिधिसभाको बैठक बिहीबार ११ बजेको लागि बोलाइएको छ ।  प्रधानमन्त्री प्रचण्ड कांग्रेसलाई चित्त बुझाउने गरि सहकारी ठगी प्रकरणको छानबिनको लागि संसदीय समिति बनाउन सकिनेमा लचिलो भएपनि एमाले र रास्वपा विपक्षमा भएकाले सरकार अप्ठ्यारोमा परेको हो ।

राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि १२ समूहमा छलफल सुरु

इकागज | जेठ २, २०८१

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवे...

पूर्वराष्ट्रपति यादवद्वारा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक विमोचन

इकागज | जेठ १, २०८१

काठमाडौँ- ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि बजारमा आएको छ...

गिरीबन्धु टी स्टेट प्रकरणमा प्रदीप पौडेल बोलेः राज्यको शक्ति दुरुपयोग गरी आपराधिक क्रियाकलाप गर्नेहरू बढे

इकागज | जेठ १, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले गिरीबन्धु टी स्टेट प्रकरणले राज्य शक्त...

सहकारीको रकम दूरुपयोग गर्नेलाई कारबाहीको माग गर्दे महिला संघको प्रदर्शन

इकागज | जेठ १, २०८१

काठमाडौँ - सहकारीको रकम दूरुपयोग गर्नेलाई कारवाही गर्नुपर्ने माग गर्दै कांग्रेस निकट नेपाल महिला संघले...

गिरिबन्धु टि-स्टेट प्रकरणको निर्णय गर्नेमाथि अनुसन्धान हुनुपर्छ - गगन थापा

इकागज | जेठ १, २०८१

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणमा बदनियत राखेर...

कांग्रेसले भन्यो - नीति तथा कार्यक्रमलाई अवरोध गर्दैनौं, संसदको अन्य बैठक चल्न दिदैनौं

इकागज | जेठ १, २०८१

काठमाडौँ - नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमलाई अवरो...