सत्ता गठबन्धन र कांग्रेसबीच बैठक

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति

इकागज | जेठ ५, २०८१

काठमाडौँ- सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकमा संसदीय छानबिन समिति बनाउने सहमति भएको हो । उक्त समितिको टिओआर बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गर्ने हुने भएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहमति भएको र समितिको कार्यादेश के हुने भन्ने विषयमा छलफल हुने जानकारी दिएका छन् । उनले संसदीय समिति बनाएर जाने विषयमा सबै दलको समान धारणा रहेको बताए । टिओआर बनाउन आइतबार बिहानदेखि काम गर्ने कुरा भएको उनले बताए ।

आजको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेसका सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक बालुवाटारको छलफल गरेका थिए ।

संसद्‍को गतिरोधलाई राजनीतिक संकटका रूपमा व्याख्या गर्नु हुँदैन : महामन्त्री शर्मा

इकागज | जेठ ५, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक संकटका रूपमा व्याख्य...

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिद्वारा दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा

इकागज | जेठ ५, २०८१

काठमाडौँ- राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको संघर्षका कार्यक्रमहरू घोषणा ...

राजनीति एकदमै फोहोरी खेल हो भन्‍ने भाष्यलाई परिवर्तन गर्नुपर्छ : सुहाङ नेम्वाङ

इकागज | जेठ ५, २०८१

काठमाडौँ- नेकपा एमाले सांसद सुहाङ नेम्वाङले राजनीति एकदमै फोहोरी खेल हो भन्ने भाष्यलाई परिवर्तन गर्नुप...

सत्ताको वरिपरिमात्रै घुम्‍ने कांग्रेसको प्रवृत्तिका कारण सदन अवरोध भयो : बर्तौला

इकागज | जेठ ५, २०८१

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसका कारण संसदीय प्रणालीमाथि प्रश्न सिर्जना हु...

प्रधानमन्त्री बन्‍ने होडबाजीले मुलुकमा राजनीतिक अस्थिरता देखियो : शेखर कोइराला

इकागज | जेठ ५, २०८१

काठमाडौँ- नेपाली कांग्रेस नेता शेखर कोइरालाले मन्त्री परिवर्तन भएसंगै नीति पनि परिवर्तन हुने गरेका कार...

व्यक्ति केन्द्रित समिति गठन हुँदैन : एमाले उपाध्यक्ष पोखरेल

इकागज | जेठ ५, २०८१

मोरङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले सहकारी छानबिनसम्बन्धी व्यक्ति केन्द्रित...