एमाले भक्तपुरमा महेश बस्नेतको प्यानलविरुद्ध अर्काे सशक्त प्यानल !

इकागज | जेठ ४, २०८१

भक्तपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुर जिल्ला कमिटीको ९औं अधिवेशनमा पार्टीका युवा नेता महेश बस्नेतको प्यानलविरुद्ध अर्काे सशक्त प्यानल खडा भएको छ ।

दुईदिने अधिवेशनको अन्तिम दिन शुक्रबार पार्टी पोलिटब्युरो सदस्य महेश बस्नेत र वर्तमान अध्यक्ष तथा उपाध्यक्षको संयुक्त प्यानल गरी दुई वटा प्यानलको उम्मेदवारी दर्ता भएको हो । निर्वाचन साँझ ७ बजेबाट सुरु गराएर नौ बजेभित्र मतदान सकाउने र मतगणना आजै हुने जनाइएको छ । मेसिनले मतगणना हुने भएकाले निर्धारित समयमा मतदान हुन सके परिणाम आजै सार्वजनिक हुनेछ । 

विशेष गरेर एमाले भक्तपुरमा हालिमुहाली चलाइरहेका पूर्वमन्त्री तथा पूर्व सांसद एवं पार्टी केन्द्रीय सदस्य महेश बस्नेत र उनीविरुद्धको गरी दुई वटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन् । 

बस्नेतले पार्टी जिल्ला सचिव मोहनवीर श्रेष्ठको अध्यक्षतामा प्यानल तयार पारेका हुन् । बस्नेतको प्यानलबाट अध्यक्षमा वर्तमान सचिव श्रेष्ठ, उपाध्यक्षमा बागमती प्रदेशमा भक्तपुर क्षेत्र नं २ ख बाट प्रदेश सदस्य रहेका किरण थापा, सचिवमा शम्भुप्रसाद दाहाल र दुई जना उपसचिवमा राजकुमार जोशी (सूर्यविनायक नगरपालिका वडा नं ५ का वडा अध्यक्ष) र उतरा नेपाल (मध्यपुर थिमि नगरपालिकाको उपमेयरका उम्मेदवार पराजित) रहेका छन् । उता त्यसको विरुद्धको प्यानलमा वर्तमान पार्टी अध्यक्ष वचन देउजा, वर्तमान पार्टी उपाध्यक्ष बासुदेव थापा (सूर्यविनायक नगरपालिकाका मेयर) को उम्मेदवारी परेको हो । वर्तमान अध्यक्ष/उपाध्यक्षको नेतृत्वको प्यानलमा अध्यक्षमा वचन देउजा नै, उपाध्यक्ष वर्तमान उपाध्यक्ष बासुदेव थापा नै, सचिवमा विष्णु तामाङ र दुईजना उपसचिवमा सानुकाजी कायष्ठ (सूर्यविनायक नगरपालिका वडा नं १ का वडा अध्यक्ष) र सुचित्रा श्रेष्ठलगायतको प्यानल रहेको छ । 

वचन देउजालाई अध्यक्ष बनाउन महेश बस्नेत तथा पूर्व जिल्ला अध्यक्ष राजेन्द्र राजथलाको प्यानलबाट खासै असहमति थिएन । तर, उपाध्यक्षमा वर्तमान उपाध्यक्ष एवं सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा हटोस् भन्ने चाहना हो । यस हिसाबले खासमा द्वन्द्व महेश बस्नेत र वर्तमान उपाध्यक्ष एवं सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाबीच नै हो । महेश बस्नेत थापालाई माइनस गर्न चाहन्छन् तर अध्यक्ष देउजा थापालाई नै उपाध्यक्ष बनाउन चाहन्छन् । यही द्वन्द्वमा दुईवटा प्यानल खडा भएको बताइएको छ । 

अधिवेशनमा जिल्लाका चार नगरपालिकाहरूबाट कुल चार सय ९८ मतदाता रहेका छन् । त्यसमध्ये सूर्यविनायक नगरपालिकाबाट एक सय ३१, चाँगुनारायण नगरपालिकाबाट ७२, मध्यपुर थिमि नगरपालिकाबाट ५१ र भक्तपुर नगरपालिकाबाट १६ जना रहेका छन् । यसबाहेक जनवर्गीयलगायतका विभिन्न समितिहरूबाट मतदाता अधिवेशन प्रतिनिधि रहेका छन् । पार्टी विधानमा व्यवस्था भएअनुसार आयोजक कमिटी, सल्लाहकार कमिटी, भूगोल कमिटी, जनसंगठन र मनोनीतसहित ४ सय ९८ जना प्रतिनिधिहरु चयन भएको थियो । अधिवेशन भक्तपुरको सल्लाघारी चुनदेविस्थित इम्पेरियल बैंक्वटमा भइरहेको हो ।
 

कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन सकेन : मनिष झा

इकागज | जेठ ४, २०८१

काठमाडौँ- ​राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले कांग्रेसको एकपक्षीय अडानका कारण संस...

संसदीय छानबिन समिति गठनका विषयमा आइतबारसम्म एउटा सहमतिमा पुगिन्छ : प्रवक्ता महत

इकागज | जेठ ४, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनका...

रास्वापाले मात्रै अहिलेको अवस्थाको निकास निकाल्न सक्दैन - मन्त्री अर्याल

इकागज | जेठ ४, २०८१

नेपालगन्ज - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सबै राजनीतिक दलको छलफलबाट राजनीति...

प्रतिपक्ष दलहरूको बैठकमा राप्रपाले भन्यो- गृहमन्त्रीलाई बोल्न दिनुपर्छ, छानबिन समिति गठन हुनुपर्छ

इकागज | जेठ ४, २०८१

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरूको बैठक...

मैले सरकारबाट हटाइदिएको भन्ने लागेर कांग्रेस सांसद ममाथि आक्रोशित भए : ओली (भिडियो)

इकागज | जेठ ४, २०८१

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन् । ...