कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

इकागज | जेठ १, २०८१

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ । 

संघीय संसद्को आज बस्ने संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको हो । 

 सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने रणनीति तय गरिएको एक संसदले जानकारी दिए । 

त्यसपछिका अरू संसदीय प्रक्रिया अघि बढाउन नदिने रणनीति तय गरिएको उनले बताए । 

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गरेर संसद्‌ अवरुद्ध गरिरहेको छ । 

आजै बिहान कांग्रेसका नेतालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समयमा संसद् अवरोध नगर्न अनुरोध गरेका थिए ।

दिउँसो ३ बजे बस्ने संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन् । 

सहकारी प्रकरणका बारेमा मैले संसदबाट जवाफ दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने

इकागज | बैशाख ३१, २०८१

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपका बारेमा आफूले बोल्न पाउनुप...

जसपा नेपालले सभामुखलाई दियो सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी

इकागज | बैशाख ३१, २०८१

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले संसद् सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको जान...

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

इकागज | बैशाख ३१, २०८१

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट द...