क्रिकेट

राष्ट्रपति पौडेलले दिए विश्वकप खेल्ने क्रिकेट खेलाडीलाई शुभकामना

इकागज | बैशाख २२, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी-२० विश्वकप क्रिकेट खेल्ने खेलाडीलाई सफलताका लागि शुभकामना दिएका छन् ।

अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुन लागेको विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको शुभकामना व्यक्त गरेका हुन् ।

नेपाली क्रिकेट टोली आज राति त्यसतर्फ प्रस्थान गर्दै छ । टी-२० विश्वकप जुन १ तारिखदेखि सुरु हुँदैछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्ड्स छन् ।

नेपालले जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग विश्वकपको सुरुवात गर्नेछ ।

न्यूजिल्यान्डबाट विश्वकप खेलेका एन्डरसन अमेरिकी क्रिकेट टिममा

इकागज | बैशाख २२, २०८१

काठमाडौँ- सह-आयोजक अमेरिकाले आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि टिमको घोषणा गर्दा न्यूजिल्य...

टी-२० विश्वकप खेल्ने वेस्ट इन्डिजको टिम घोषणा, अटाए नेपालसँग खेलेका तीन खेलाडी

इकागज | बैशाख २२, २०८१

काठमाडौँ- वेस्ट इन्डिजले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिक...