क्रिकेट

न्यूजिल्यान्डबाट विश्वकप खेलेका एन्डरसन अमेरिकी क्रिकेट टिममा

इकागज |
बैशाख २२, २०८१ शनिबार १०:५५ बजे

काठमाडौँ- सह-आयोजक अमेरिकाले आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि टिमको घोषणा गर्दा न्यूजिल्यान्डका पूर्व क्रिकेटर पनि परेका छन् ।

अमेरिकाको १५ सदस्यीय टिममा न्यूजिल्यान्डबाट सन् २०१५ को विश्वकपको फाइनल खेलेका कोरी एन्डरसन पनि टिममा परेका छन् ।


अमेरिकाले ३१ वर्षीय विकेट-किपर ब्याटर मोनान्क पटेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ । आरोन जोन्स उप-कप्तान चयन भएका छन् ।

जुन १ देखि २९ तारिखसम्म हुने विश्वकपका लागि अमेरिका समूह 'ए' मा रहेको छ । यस समूहमा भारत, पाकिस्तान, आयरल्यान्ड र क्यानाडा पनि रहेका छन् ।


Author

थप समाचार
x