विश्व

चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो

इकागज | जेठ २, २०८१

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडनले चीनमा बनेका इलेक्ट्रिक कार, सोलार प्यानल, स्टिल र अन्य उत्पादनमा कर वृद्धि गरेका छन् ।

ह्वाइट हाउसले पछिल्लो परिवर्तनमा चिनियाँ विद्युतीय कारमा शतप्रतिशत भन्सार महसुल पनि समावेश गरेको जनाएको छ ।

ह्वाइट हाउसले यो वृद्धि अनुचित नीतिका कारण र अमेरिकामा रोजगारी जोगाउने उद्देश्यले गरिएको जनाएको छ । चीनले यो वृद्धिको विरोध गरेको र छिट्टै प्रतिकारात्मक कारबाही गर्ने बताएको छ।

विश्लेषकहरूले यी शुल्कहरू धेरै हदसम्म प्रतिकात्मक रहेको र चुनावी वर्षमा भोट कमाउने उद्देश्यले प्रेरित रहेको टिप्पणी गरेका छन् ।

ह्वाइट हाउसले मंगलबार घोषणा गरेको करले करिब १८ अर्ब डलरको आयातलाई असर गर्ने जनाएको छ । विद्युतीय सवारी साधनको महसुल २५ प्रतिशतबाट शतप्रतिशत पुर्‍याइएको छ । सोलार सेलमा २५ प्रतिशतबाट ५० प्रतिशतमा बढाइएको छ ।

त्यसैगरी केही स्टिल र आल्मुनियम उत्पादनको महसुल दर ७.५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याएको छ ।

जवाफमा चीनको वाणिज्य मन्त्रालयले नयाँ कदमहरूले द्विपक्षीय सहयोगको वातावरणलाई गम्भीर रूपमा असर गर्ने टिप्पणी गरेको छ ।
 

थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु

इकागज | जेठ २, २०८१

काठमाडौँ- राजतन्त्रको अपमान गरेको अभियोगमा थाइल्याण्डमा थुनामा रहेकी अभियन्ता नेतिपर्ण सनेसाङ्खोमको मृत्य...

ओपनएआईले सार्वजनिक गर्‍यो च्याटजिपिटीलाई बलियो बनाउने जिपिटी-४ओ मोडल

इकागज | जेठ १, २०८१

काठमाडौँ- ओपनएआईले नयाँ फ्ल्यागशिप जेनेरेटिभ एआई मोडेल घोषणा गरेको छ । ओपनएआईले च्याटजिपिटीलाई बलियो...

हतियारको आपूर्ति लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्कन

इकागज | जेठ १, २०८१

काठमाडौँ - अमेरिकी सहायता प्याकेजबाट हतियारको आपूर्ति लिएर विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेन पु...

एआईले श्रम शक्तिलाई सुनामीजस्तै प्रहार गर्दैछ : आईएमएफ प्रमुख

इकागज | जेठ १, २०८१

काठमाडौँ- आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले विश्वव्यापी श्रम बजारलाई सुनामीजस्तै प्रहार गरिरहेको अन्तर्राष्ट्...

श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको कारागार सजाय

इकागज | जेठ १, २०८१

अस्ताना- आफ्नी श्रीमतीलाई रेस्टुरेन्टमा कुटपिट गरी हत्या गरेको आरोपमा कजाकिस्तानको एक अदालतले एक पूर्वमन्त्...

केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज

इकागज | बैशाख ३१, २०८१

काठमाडौँ- अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन माग गरेको निवेदन सर्वोच्च अदालतले ख...