विश्व

बर्खास्त गरिएका एयर इन्डिया एक्सप्रेसका २५ कर्मचारीको पुनर्बहाली

इकागज | बैशाख २८, २०८१

काठमाडौँ- गत मंगलबार र बुधबार बिरामी परेको बताएपछि बर्खास्त गरिएका एयर इन्डिया एक्सप्रेसका २५ क्याबिन क्रु सदस्यलाई पुनर्बहाली गरिएको छ ।

एयर इन्डिया एक्सप्रेसका कर्मचारी सङ्गठनबीच मुख्य श्रम आयुक्त (सीएलसी) को कार्यालयमा भएको बैठकपछि बिहीबार उनीहरुलाई पुनर्बहाली गरिएको आईएएनएसले जनाएको हो ।

रोजगार सुरक्षा, तलब संरक्षण, वरिष्ठता र विशेषज्ञताको मान्यताको आश्वासनको बाबजुद एयर एसियाबाट एयर इण्डिया एक्सप्रेसमा आउँदा ती प्रतिबद्धताहरू लागू नभएको भन्दै मंगलबारदेखि क्याबिन क्रुका २ सयभन्दा बढी सदस्यहरू सामूहिक बिरामी बिदामा गएका हुन् ।

त्यसपछि बिहीबार नै दिल्ली रिजनल लेबर कमिसनर अशोक पेरुमालाले दुवै समूहलाई छलफलका लागि बोलाएको थियो ।

कर्मचारीहरु सामूहिक बिरामी बिदामा गएपछि बिहीबार नै एयर इन्डिया एक्सप्रेसका ८० भन्दा बढी उडान रद्द गरिएको थियो ।

बर्डफ्लू संक्रमण मानिसबाट मानिसमा सरेको अहिलेसम्म कुनै संकेत छैन : डब्लुएचओ

इकागज | बैशाख २८, २०८१

काठमाडौँ- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले एक मानिसबाट अर्को मानिसमा बर्ड फ्लू सर्ने कुनै सम्भावना न...

गाजाको फ्लोटिङ पियरमा सहायताको पहिलो ढुवानी साइप्रसबाट प्रस्थान

इकागज | बैशाख २८, २०८१

निकोसिया (साइप्रस)- साइप्रसका विदेशमन्त्रीले बिहीबार मानवीय सहायताको ढुवानी साइप्रसको बन्दरगाहबाट प्रस्था...

विजय दिवसको सम्बोधनमा पुटिनले भने - पश्चिमबाट आउने कुनै पनि धम्कीलाई सहन सक्दैनौं

इकागज | बैशाख २७, २०८१

मस्को - राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक शक्तिहरू सधैँ ‘सतर्क’ रहेको भन्...

शाही मानहानीको आरोपमा थाई लोकतन्त्र समर्थकलाई कारागार सजाय

इकागज | बैशाख २६, २०८१

बैंकक - थाइल्याण्डको एक अदालतले बुधबार शाही मानहानीको आरोपमा एक प्रख्यात लोकतन्त्र समर्थक कार्यकर्तालाई ती...

अमेरिकी कम्पनीले चिनियाँ कम्पनी हुवावेलाई 'चिप्स' बिक्री गर्न नपाउने

इकागज | बैशाख २६, २०८१

काठमाडौँ- अमेरिकी सरकारले अमेरिकी 'चिप्स' निर्माता कम्पनीहरुलाई चिनियाँ टेक्नोलोजी कम्पनी हुवा...

टिकटकद्वारा एपलाई प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनमाथि रोक लगाउन मुद्दा दायर

इकागज | बैशाख २६, २०८१

काठमाडौँ- टिकटकले आफ्नो चिनियाँ मूल कम्पनीले बिक्री नगरेसम्म भिडियो एपलाई प्रतिबन्ध लगाउने अमेरिकी कानू...

जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ

इकागज | बैशाख २६, २०८१

काठमाडौँ- युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अ...