विश्व

उत्तर कोरियाका ह्याकरहरूले दक्षिण कोरियाको अदालतको कम्प्युटरबाट डाटा चोरी गरे– प्रहरी

इकागज | बैशाख २९, २०८१

सोल - उत्तर कोरियाली ह्याकरहरूले दुई वर्षको अवधिमा दक्षिण कोरियाली अदालतको कम्प्युटर नेटवर्कबाट व्यक्तिहरूको वित्तीय रेकर्डसहित संवेदनशील डाटा चोरेको सोल प्रहरीले शनिबार बताएको छ । 

आणविक सशस्त्र सम्पन्न उत्तर कोरियालाई पृथक मुलुकभित्र स्पष्टरूपमा विदेशमा सञ्चालन गर्ने हजारौँ ह्याकरको सेना सञ्चालन गर्न चिनिन्छ । विगतमा धेरै ठूला साइबर हमलाका लागि उत्तर कोरियालाई दोषी ठहर गरिएको छ । 

ह्याकरहरूले सन् २०२१ जनवरीदेखि सन् २०२३ फेब्रुअरीसम्म एक अदालतको कम्प्युटर प्रणालीबाट एक हजार १४ गिगाबाइट डाटा चोरेको मुलुकको जासुसी एजेन्सी र अभियोजकहरूसँगको संयुक्त अनुसन्धानलाई उद्धृत गर्दै दक्षिण कोरियाली प्रहरीले बताएको छ ।

ह्याकरहरूको मालवेयरले दक्षिण कोरियालीहरूको विवाह र व्यक्तिगत ऋण रेकर्डसहितको चोरी डाटा ‘चार घरेलु र चार विदेशी सर्भर’ लाई ‘एन्टिभाइरस सफ्टवेयरले पत्ता लगाउनुअघि’ पठाएको राष्ट्रिय प्रहरीले एक विज्ञप्तिमा बताएको छ ।

अधिकारीहरूले पत्ता लगाएका दुर्भावनापूर्ण कार्यक्रम, सर्भर भुक्तानी विवरण र आइपी ठेगानाहरू प्योङयाङलाई श्रेय दिएका पहिला ह्याकिङका घटनाहरूमा पहिचान गरिएकाहरूसँग तुलना गरेपछि डाटा चोरीमा उत्तर कोरियाली ह्याकिङ सङ्गठनको काम भएको पाइयो । 

सोल अधिकारीहरूले चोरिएको डाटाबाट चार दशमलव सात गिगाबाइट मात्र पुनःप्राप्त र पहिचान गरेको प्रहरीले बताएको छ । यसमा व्यक्तिगत ऋण पुनरवास मामिलासँग सम्बन्धित पाँच हजार एक सय ७१ दस्तावेज सङ्गृहीत छन् । जसमा विवाह प्रमाणपत्र, ऋण र दिवालिया हुनुपर्ने कारण समावेश छ । 

उत्तर कोरियाले उसको आणविक र मिसाइल कार्यक्रमहरूमाथि लगाइएको संयुक्त राष्ट्रसंघीय प्रतिबन्धको सामना गर्न विदेशी मुद्रा आर्जन गर्नका लागि हालैका वर्षहरूमा साइबर हमलालाई बढाएको विश्लेषकहरूले बताएका छन् । 

सोल, टोक्यो र वासिङ्टनका अनुसार प्योङयाङ एक्लैले सन् २०२२ मा क्रिप्टोकरेन्सीमा एक अर्ब ७० करोड डलरभन्दा बढीको चोरी गरेको र ‘दुर्भावनापूर्ण साइबर गतिविधिहरू’ मार्फत जानकारी संकलन गरेर आफ्नो हतियार कार्यक्रमलाई समर्थन गरेको थियो । 
रासस

दक्षिणी गाजाको रफाहबाट हजारौंलाई सो क्षेत्र छोडन इजरायलको चेतावनी

इकागज | बैशाख २९, २०८१

काठमाडौँ - इजरायली सेनाले दक्षिणी गाजाको रफाहबाट हजारौं मानिसहरूलाई क्षेत्र छाड्न आग्रह गरेको छ। इज...

जङ्गलमा लागेको डढेलोले पश्चिमी क्यानाडाका दुई समुदायलाई आपत्कालीन चेतावनी

इकागज | बैशाख २९, २०८१

ओटावा​ -क्यानाडाको पश्चिमी प्रान्त अल्बर्टामा जङ्गलमा लागेको नियन्त्रणबाहिरको डढेलोका कारण दुई समुदायका ला...

जर्मनीको टेस्ला कारखानामा प्रदर्शनकारीद्वारा आक्रमणको प्रयास

इकागज | बैशाख २९, २०८१

काठमाडौँ- जर्मनीको बर्लिन नजिकै रहेका टेस्ला फ्याक्ट्रीमा आक्रमण गर्ने प्रयास गरेपछि प्रदर्शनकारी तथा प्रहरीब...

रुसी आक्रमणपछि युक्रेनको सीमा क्षेत्रबाट सयौँ मानिस विस्थापित

इकागज | बैशाख २९, २०८१

किएभ - मस्कोले भूमिगत आक्रमण सुरु गरेको एक दिनपछि युक्रेनको खार्किभ क्षेत्रमा रुसी सीमा नजिकका क्षेत्रहरू...

रुसी आक्रमणपछि युक्रेनको सीमा क्षेत्रबाट सयौँ मानिस विस्थापित

इकागज | बैशाख २९, २०८१

किभ- मस्कोले भूमिगत आक्रमण सुरु गरेको एक दिनपछि युक्रेनको खार्किभ क्षेत्रमा रुसी सीमा नजिकका क्षेत्रहरूबा...

रिहा भए केजरीवाल

इकागज | बैशाख २८, २०८१

काठमाडौँ - सर्वोच्च अदालतले अन्तरिम जमानत दिएपछि भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलबाट रिह...

जेलेन्स्कीलाई मार्ने षड्यन्त्र रचेको अभियोगमा स्टेट गार्डका प्रमुख बर्खास्त

इकागज | बैशाख २८, २०८१

किएभ - युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको हत्याको षड्यन्त्रमा दुई जना सदस्य संलग्न भएको आरोप लागेपछि ...

मिशुस्टिनलाई रुसी प्रधानमन्त्रीमा पुनः नियुक्त गर्ने पुटिनको प्रस्ताव

इकागज | बैशाख २८, २०८१

मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मिखाइल मिशुस्टिनलाई पुनः रुसको प्रधानमन्त्रीमा नियुक्त गर्न संसद्&z...