विश्व

जापानको ७७ प्रतिशत कोभिड-१९ मौखिक औषधि नष्ट गरिने

इकागज | बैशाख ३१, २०८१

टोकियो- जापानले खरिद गरेको कोभिड–१९ मौखिक औषधिको ७७ प्रतिशत प्रयोग नगरी नष्ट गर्ने तयारी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जापान सरकारले महामारीको समयमा ५६ लाख मानिसका लागि मौखिक औषधिहरू सुरक्षित गरेको थियो । त्यसमध्ये ४३ लाख मानिसका लागि औषधिहरू प्रयोगविहीन रहेको क्योदो न्यूजले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जापानले २० लाखका लागि शिओनोगी एन्ड कम्पनीले उत्पादन गरेको एक्सोभा ट्याब्लेट, १६ लाखका लागि मर्क एन्ड कम्पनीले बनाएको लागेभ्रियो क्याप्सुल र २० लाखका लागि फाइजर इन्कले उत्पादन गरेको प्याक्सलोभिड चक्की सुरक्षित गरेको राखेको छ ।

औषधिका लागि भुक्तानी गरिएको रकम प्रतिवेदनमा खुलाइएको छैन । तीन खर्ब येन (करिब एक अर्ब ९३ करोड अमेरिकी डलर) मूल्यको अनुमानित बाँकी औषधि म्याद सकिएपछि नष्ट गरिने छ ।

जापानले पहिले नै प्रयोग नगरिएका कोभिड–१९ खोपको २४ करोड डोज डिस्पोज गरिसकेको छ । यसको मूल्य छ खर्ब ६५ अर्ब ३० करोड येन (लगभग चार अर्ब २७ करोड डलर) रहेको क्योदोले जनाएको छ । (सिन्ह्वा)

भारतको उत्तर प्रदेश सरकारले कृषि स्टार्टअपलाई प्रवर्द्धन गर्ने, खेतीमा एआई लागू गर्ने

इकागज | बैशाख ३१, २०८१

काठमाडौँ- भारतको उत्तर प्रदेश सरकारले ग्रामीण अर्थतन्त्र र 'स्मार्ट खेती' लाई प्रवर्द्धन कृषि स्टार्टअ...

सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो बिरामीको निधन

इकागज | बैशाख ३१, २०८१

वासिङ्टन- आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण प्राप्त गर्ने पहिलो जीवित बिरामीको प्रत्या...

लोकसभा निर्वाचनका लागि केजरीवालले घोषणा गरे १० ग्यारेन्टी

इकागज | बैशाख ३०, २०८१

काठमाडौँ - भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आम आदमी पार्टीको जारी लोकसभा निर्वाचनमा १० ग्य...

युक्रेनी सेनाले रुसको बेलगोरोडमा गोलाबारीपछि १७ जना अस्पताल भर्ना

इकागज | बैशाख ३०, २०८१

मस्को - युक्रेनी सेनाले रुसको सीमावर्ती क्षेत्र बेलगोरोडमा गरेको ठूलो गोलाबारीपछि एक बालकसहित १७ जनाला...

भारतमा क्रिप्टोकरेन्सीहरु बाइनान्स र कुक्वाइनमाथिको प्रतिबन्ध फुकुवा

इकागज | बैशाख ३०, २०८१

काठमाडौँ- भारतमा क्रिप्टोकरेन्सीहरु बाइनान्स र कुक्वाइनमाथिको प्रतिबन्ध फुकुवा गरिएको छ । भारतको अर्थ ...

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रंगीन प्रकाश देखियो

इकागज | बैशाख २९, २०८१

केप क्यानभरल - पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशम...