विश्व

अमेरिकी पूर्व सभामुख पेलोसीका पतिलाई आक्रमण गर्ने ट्रम्प समर्थकलाई ३० वर्षको जेल सजाय

इकागज | जेठ ५, २०८१

काठमाडौँ- अमेरिकी संसदकी पूर्व सभामुख न्यान्सी पेलोसीका पति पाउल पेलोसीलाई सांघातिक हमला गर्ने डेभिड डिपेपमाथि आक्रमण गर्ने व्यक्तिलाई ३० वर्षको जेल सजाय सुनाएको छ ।

अक्टोबर २०२२ मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक डिपेपले घातक हमला गरेका थिए । 

क्यालिफोर्नियाको अदालतले शुक्रबार डिपेपलाई ३० बर्षको जेल सजाय सुनाएको छ । न्यायाधीशले डिपेपलाई अपहरणको अभियोगमा २० वर्ष र आक्रमणको अभियोगमा ३० वर्षको सजाय सुनाएको छ ।  

पल पेलोसीमाथि यो हमला उनको सान फ्रान्सिस्कोको घरमा राति २ बजे भएको थियो । आक्रमणकारीले पलको टाउकोमा हथौडाले प्रहार गरेका थिए । घटना सीसीटीभी क्यामेरामा कैद भएको थियो । 

डिपेपले अदालतमा आफूले न्यान्सी पेलोसीमाथि हमला गर्न गएको बताएका थिए । यसका लागि उनले युनिकर्न ड्रेस (यस्तो पहिरनले कम चोटपटक लाग्ने) लगाएर आक्रमण गर्दा न्यान्सी पेलोसीको आवाज रेकर्ड गरी अनलाइनमा अपलोड गर्ने योजना बनाएको थियो तर आक्रमणको समयमा न्यान्सी त्यहाँ उपस्थित थिएनन् । जसका कारण उनले पेलोसीका श्रीमानमाथि हमला गरेको बताएका थिए ।

सन् २०२० को अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पलाई धाँधली गरेर पराजित गर्ने षड्यन्त्र गर्नेहरूमध्ये न्यान्सी पनि थिए भन्ने डिपेप विश्वास गर्छन् । यस अवधिमा ट्रम्पले उत्तेजक बयान दिएका थिए, जसले डिपेपलाई प्रभावित बनाएको थियो । एजेन्सी

होन्डाले १० वर्षमा ईभी र सफ्टवेयरको लगानी ६५ बिलियन डलर पुर्‍याउने

इकागज | जेठ ५, २०८१

काठमाडौँ- जापानी कम्पनी होन्डा मोटरले सवारीसाधनमा विद्युतीकरण र सफ्टवेयर विकासमा आगामी १० वर्षमा ६५ बि...

सुई-रहित इन्जेक्शन प्रविधिका लागि सीरमले अमेरिकी कम्पनीसँग सहकार्य गर्दै

इकागज | जेठ ५, २०८१

काठमाडौँ- विश्वको सबैभन्दा ठूलो भ्याक्सिन निर्माता सीरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले सुई-फ्री इन्जेक्श...

ट्यांकीभित्र विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडले लगायो स्कुलमा आगो

इकागज | जेठ ४, २०८१

भारत - बिहारको राजधानी पटनास्थित एक विद्यालय परिसरको ट्यांकीभित्र एक विद्यार्थीको शव फेला परेपछि श...

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

इकागज | जेठ ४, २०८१

काठमाडौँ- फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको न्यू क्यालेडोनिया टापुमा मतदा...