विश्व

टेक कम्पनीको गैर-संस्थापकका रुपमा पहिलो अर्बपति बन्दै गुगलका सिईओ सुन्दर पिचाई

इकागज |
बैशाख २१, २०८१ शुक्रबार ११:५२ बजे

काठमाडौँ- अल्फाबेट इन्क तथा यसको सहायक कम्पनी गुगलका प्रमुख कार्यकारी (सिईओ) अधिकृत सुन्दर पिचाई अर्बपति बन्ने संघारमा पुगेका छन् ।

टेक कम्पनीको संस्थापक नभएर पनि सिईओको रुपमा अर्बपति बन्ने पिचाई पहिलो व्यक्ति बन्ने भएका द इकोनोमिक टाइम्सले जनाएको हो ।


भारतीयमूलका अमेरिकी नागरिक ५१ वर्षीय पिचाई सन् २०१५ मा गुगलको सिईओ बनेदेखि अमेरिकी कम्पनीको शेयर मूल्यमा ४ सय प्रतिशतको वृद्धि भएको बताइएको छ ।

गुगलले सन् २०२४ को पहिलो त्रैमासको प्रतिवेदन सार्वजनिक गर्दा कम्पनीको आम्दानीमा बढोतरी भएको छ । खासगरी, आर्टिफिसियल इन्टेलिजेन्सका कारण गुगलको आम्दानीमा वृद्धि भएको प्रतिवेदन देखाएको छ । यसका कारण कम्पनीले पहिलोपटक लाभांश समेत घोषणा गरेको छ ।

शेयरको मूल्यमा वृद्धि भएसँगै विश्वमै सबैभन्दा बढी तलब पाउँदै आएका पिचाईको सम्पत्ति १ विलियन अमेरिकी डलर नजिक पुगेको ब्लुमबर्ग बिलिओनायर इन्डेक्सले जनाएको छ ।


Author

थप समाचार
x