विश्व

विश्वव्यापी रुपमै आईफोनको बिक्रीमा गिरावट

इकागज |
बैशाख २१, २०८१ शुक्रबार १४:७ बजे

काठमाडौँ- एप्पलको आईफोनको बिक्री विश्वको प्रायसबै बजारमा घटेको छ ।

एप्पलको पछिल्लो नतिजाअनुसार विश्वको अधिकांश बजारमा आईफोनको बिक्री घटेको देखाएको बीबीसीले जनाएको हो ।


टेक्नोलोजी कम्पनी एप्पलले जनाएअनुसार सन् २०२४ को पहिलो तीन महिनामा आईफोनको माग समग्रमा १० प्रतिशतले घटेको हो ।

त्यसैगरी, युरोपबाहेक अन्य सबै क्षेत्रमा बिक्रीमा गिरावट आएको छ । चीनमै आईफोनको बिक्रीमा ८ प्रतिशतको गिरावट आएको छ ।

विश्वव्यापी रुपमा कम्पनीको आम्दानी पनि ४ प्रतिशतको गिरावट आएको एप्पलले जनाएको छ ।


Author

थप समाचार
x