विश्व

संयुक्त राष्ट्रसंघद्वारा सन् २०२६ लाई महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा

इकागज |
बैशाख २१, २०८१ शुक्रबार १२:३१ बजे

संयुक्त राष्ट्रसंघ- संयुक्त राष्ट्रसंघको महासभाले बिहीबार सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रस्तावमा महिला कृषकले कृषि खाद्य प्रणालीहरूमा सामना गर्ने बाधा तथा चुनौतीहरू, लगायतका मुद्दाहरूलाई सम्बोधन गरी लैङ्गिक समानता र कृषिमा महिलाहरूको सशक्तीकरणमा प्रयासरत रहने बताइएको छ । 


राष्ट्रसंघले प्रभावकारी नीति र कार्यहरूबारे चेतना जगाई नीतिगत ध्यान केन्द्रित गर्ने उद्देश्यका गतिविधिहरू मार्फत् अन्तर्राष्ट्रिय वर्षको विश्वव्यापी अवलोकनलाई आमन्त्रित पनि गरेको छ । 

साथै महासभाले खाद्य र कृषि सङ्गठन समेत रोममा रहेका अन्य संयुक्त राष्ट्रसंघीय निकायहरूसँग मिलेर प्रस्तावको कार्यान्वयनलाई सहजीकरण गर्न तथा अन्तर्राष्ट्रिय वर्ष प्रभावकारी रुपमा मनाउन निर्देशन दिएको छ । (सिन्ह्वा)


Author

थप समाचार
x