विश्व

सादिक खान तेस्रो पटक लण्डनको मेयरमा निर्वाचित

इकागज |
बैशाख २३, २०८१ आइतबार ६:४२ बजे

काठमाडौँ - लण्डनका मेयर सादिक खान मेयर पदमा पुनः निर्वाचित भएका छन् । खान तेस्रो कार्यकालका लागि लण्डनको मेयरमा निर्वाचित भएका हुन् । 

लेबर पार्टीका उम्मेदवार सादिक खान ४३ प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी देशको सत्तारुढ कन्जरभेटिभ पार्टीकी उम्मेदवार सुसान हलले ३२ प्रतिशत मत प्राप्त गरिन् ।


बेलायतको राजधानी लण्डनमा तीन वर्षअघि भएको मेयरको निर्वाचनको तुलनामा खानले यसपटक सात प्रतिशत बढी मत प्राप्त गरेका छन् ।बेलायतमा भएको स्थानीय निकायको निर्वाचनमा लेबर पार्टीका उम्मेदवारले राम्रो प्रदर्शन गरेका छन् ।

अबको केही महिनामा बेलायतमा पनि आम निर्वाचन हुन लागेको छ । अधिकांश सर्वेक्षणमा लेबर पार्टीले अग्रता लिएको छ ।


Author

थप समाचार
x