कर्पोरेट

नेपाल चेम्बर र अर्मेनियाको चेम्बरबीच व्यापार एवं सूचना प्रविधिमा सहकार्य हुने

इकागज | जेठ ३, २०८१

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्स र अर्मेनियाको चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीबीच आर्थिक क्षेत्र र सूचना प्रविधिमा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा चेम्बर अफ कमर्सका कार्यकारी सदस्य पंकज जालान र अर्मेनिया चेम्बर अफ कमर्सका कार्यकारी निर्देशक एन्ड्रानिक अलेक्सान्यनले हस्ताक्षर गरे ।

दुई मुलुकका चेम्बरबीच व्यापार सहजीकरण, आर्थिक एवं प्राविधिक सम्बन्ध विस्तार लगायतका विभिन्न ८ विषयमा सहकार्यको सम्झौता भएको हो । संयुक्त लगानीमा उत्पादित वस्तुहरूको घरेलु र तेस्रो बजार खोज्नका लागि सहकार्य गने विषयमा पनि सम्झौतामा हस्ताक्षर भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

नेपालको कृषि, पर्यटन क्षेत्रमा लगानीका लागि समेत सहमति भएको कार्यकारी सदस्य जालानले बताए । 

यस्तै नेपाल र अर्मेनियाका उद्योग एवं वाणिज्य क्षेत्रका प्रतिनिधिले एक अर्कोका देशमा गर्ने व्यावसायिक भ्रमणका लागि पनि सहजीकरण गर्ने सहमति भएको छ । वैदेशिक व्यापार र औद्योगिक उत्पादन क्षेत्रमा भएका अनुसन्धान आदानप्रदान गर्ने पनि दुवै देशका चेम्बरबीच सहमति भएको छ ।

नेपाल र अर्मेनियाबीच आर्थिक र व्यापारिक क्षेत्रमा भएको सहमति तत्कालै कार्यान्वयनमा आएको चेम्बरले उल्लेख गरेको छ । नेपाल र अर्मेनियाबीच सन् १९९३ मार्चमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । 


 

सिटी एक्सप्रेस मनी ट्रान्स्फरले युएईमा साङ्गितिक कार्यक्रम आयोजना गर्दै

इकागज | बैशाख ३१, २०८१

काठमाडौँ- सिटी एक्सप्रेस मनी ट्रान्स्फरले यही आउँदो मे १९ तारिखमा युएईस्थित बरदुबईको SK 7 क्लबमा साङ्गिति...

राइटपाथको 'एजुकेशन कन्क्लेभ' मा विद्यार्थीको घुइँचो, सहभागीहरूको उत्साहजनक प्रतिक्रिया

इकागज | बैशाख ३१, २०८१

काठमाडौँ- शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले आयोजना गरेको ‘ग्रान्ड एजुकेशन कन्...

अन्तर्राष्ट्रिय रूपमा विस्तार हुँदै भारतको चर्चित फर्च्युन होटेल्स् अब नेपालमा

इकागज | बैशाख १८, २०८१

काठमाडौँ- भारतको चर्चित आईटीसी ग्रुप अफ होटेल्स् अन्तर्गतको फर्च्युन होटेल्सले नेपालबाट आफ्नो अन्तर्राष्ट्रिय य...

नेपाली प्रयोगकर्ताप्रतिको आफ्नो प्रतिबद्धता बलियो बनाउँदै राकुटेन भाइबर

इकागज | बैशाख १८, २०८१

काठमाडौँ- कलिङ र मेसेजिङ एप्लिकेसनहरूको दुनियाँमा विश्वकै अग्रणी एप राकुटेन भाइबरले सार्वजनिक सञ्चार च्...

सुलभ रोमिङ डेटाका साथ भारत, चीन र बंगलादेश भ्रमणका बेला बस्नुहोस् सधैं अन

इकागज | बैशाख १६, २०८१

काठमाडौँ - विभिन्न प्रयोजनका लागि छिमेकी देश भारत, चीन र बंगलादेश जाने आफ्ना ग्राहकहरूको आवश्यकता...