कर्पोरेट

कोका-कोलाको ‘काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण हुँदै

इकागज | फागुन २८, २०८०

काठमाडौँ- कोका-कोलाले ʻकाठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण गर्ने भनेको छ । काठमाडौँको हायात होटल मैदानमा चैत्र २ गते, शुक्रबार बिहान ११ बजेदेखि उक्त अत्यधिक अपेक्षित कार्यक्रम सुरु हुनेछ ।

ʻइज कुकिङ’ कोका-कोलाको विश्वव्यापी क्याम्पेन हो जसले विश्वभर खानालाई मजा लिएर खान प्रोत्साहित गर्दै आएको छ । यो कार्यक्रम कोका-कोलाको ग्लोबल ब्रान्ड प्लेटफर्म - ʻरियल म्याजिक’ अन्तर्गत नै पर्न आउँदछ । 

यस वर्षको ʻकाठमाडौँ इज कुकिङ’ ऐतिहासिक हुने कम्पनीले जनाएको छ । यस कार्यक्रममा चर्चित भारतीय गायक पापोन लगायत नेपाली चर्चित ब्यान्ड तथा गायकहरू द एलेमेन्ट्स, भेक, जोन एन्ड द लोकल्स, सुशान्त घिमिरे र प्रजिनाले पनि प्रस्तुति दिनेछन् । यी कलाकारहरूको मनमोहक प्रस्तुतिले अविस्मरणीय साङ्गीतिक अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ । 

कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भनिन्, 'यस कार्यक्रमले नेपालीहरूको रमाइलो गर्ने संस्कृतिलाई झल्काउनेछ । ʻकाठमाडौँ इज कुकिङ’ मा हाँसो, खुसी र मनोरञ्जनका पलहरू देख्न पाइनेछ । नेपाली समुदायको विभिन्न जीवन्त भावनाहरूलाई यस कार्यक्रममा उतार्न पाउँदा हामी निकै हर्षित छौँ ।'

ʻकाठमाडौँ इज कुकिङ’ ले नेपालको सङ्गीत र सबैको मनपर्ने परिकार मोस्मो को कम्बिनेसनलाई झनै बलियो बनाउनेछ । यो संस्करणले पनि अघिल्ला वर्षहरू झै सफल हुने कम्पनीले विश्वास लिएको छ । यस कार्यक्रममा उपस्थित हुन चाहनेहरूले मोस्मो र कोका-कोलाको स्वादसहित मनमोहक साङ्गीतिक प्रस्तुतिको मजा पनि लिन सक्नेछन् । यस कार्यक्रममा विशेष कम्बो अफर र छुटसहित २५ भन्दा बढी मोस्मो भेन्डरहरूको सहभागिता हुनेछ । 

बोटलर्स नेपाल लिमिटेडका एमडी दीपक सेन्थिल नाथले भने, 'काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करणलाई नेपालमा कोका-कोलाको यात्राको एउटा महत्वपूर्ण कोसेढुंगाको रूपमा स्थापित हुनेछ । यस कार्यक्रम मार्फत हाम्रा उपभोक्ताहरूका लागि अतुलनीय क्षणहरू सिर्जना गर्न पाउँदा हामी निकै उत्साहित छौँ । सङ्गीत, मोस्मो र कोका-कोलाको कम्बिनेसन यस दिनको कार्यक्रममा देख्न पाइनेछ ।'

ʻकाठमाडौँ इज कुकिङ’ फोहोर-रहित कार्यक्रम रहेको कम्पनीले जनाएको छ । यस कदमले कोका-कोलाको रिसाइक्लिङप्रतिको प्रतिबद्धतालाई झल्काएको छ । 

बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने

इकागज | फागुन २७, २०८०

काठमाडौँ- धरानमा भइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेब...

काठमाडौँ म्युजिक फेस्टिभल २०२४ को आधिकारिक फुड पार्टनरमा फुडमान्डु

इकागज | फागुन २५, २०८०

काठमाडौँ- नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डु ‘काठमाडौँ म्युजिक फेस्टि...

पाठेघरको मुखको क्यान्सरको परिक्षण र रोकथामका लागि राष्ट्रव्यापी सचेतना अभियान सुरु

इकागज | फागुन २५, २०८०

काठमाण्डौँ- निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँगको साझेदारी र अष्ट्रेलियन सरकारको वैदेशिक मामिला...

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त

इकागज | फागुन २५, २०८०

काठमाडौँ- नेपाल टेलिकमले मुलुकको हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ट पहिचान बनाई महजोडीका&nb...

एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी

इकागज | फागुन १९, २०८०

काठमाडौँ- एनसेलले बुधबार (फागुन १६) आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न, नलेज सेयरिङसम्...

टिसिएल लगातार दुई वर्ष ग्लोबल टप २ टिभि ब्रान्डको स्थानमा

इकागज | फागुन १९, २०८०

काठमाडौँ- टिसिएल इलेक्ट्रोनिक्सले मार्केट रिसर्च कम्पनी ओमडियाद्वारा फेरि ग्लोबल टप २ टिभि ब्रान्डको रूपमा ...