कर्पोरेट

राजु तामाङले जिते सिटी एक्सप्रेसको मेगा बम्पर उपहार

इकागज | पुस २, २०८०

काठमाडौँ - सिटी एक्सप्रेस मनी ट्रान्सफरको बम्पर उपहार अन्तर्गत साउदी अरबबाट रेमिटेन्स पठाउने राजु तामाङले ५ लाख ३० हजार  ७५० जित्न सफल भएका छन् । तामाङले आफूले पठाएको ५३ हजार ०७५ को १० गुणा गरेर सो रकम जित्न सफल भएका हुन् । मेगा बम्पर उपहार अन्तर्गत सिटीले आज “आफूले पठाएको भन्दा १० गुणा बढी पाउने” विजेताको नाम घोषणा हो ।

चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्रान्ड एम्बेस्डर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको उपस्थितिमा विद्युतीय प्रणालीद्वारा विजेता छनौट गरिएको थियो । 

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखी मङ्सिर १५ गतेसम्म चल्ने गरी लगातार ६१ दिन सम्म चल्ने “विदेशबाट सिटी पठाऔँ, पठाको भन्दा १० गुणा बढी पाऔं” उपहार योजना घोषणा गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही १ लाख,  हरेक हप्ता ५ जनालाई जनही २५ हजार,  ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरूलाई पाँच सयको वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जस अन्तर्गत ६ हजार १०० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टप् अप )  , ४५ जनाले साप्ताहिक उपहार ( जनही २५ हजार) र २ जनाले मासिक उपहार (जनही एक लाख ) जित्न सफल भईसकेका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।


 

इस्लिङटन कलेजमा नेपालको पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन

इकागज | मंसिर २५, २०८०

​काठमाडौँ- इस्लिङट्न कलेजले नेपालको पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन गरेको छ । लण्ड...

रमेश कर्प र बोनजोय ट्राभलले गर्‍यो ट्राभल सेवा उत्कृष्ट बनाउने समझदारी

इकागज | मंसिर २०, २०८०

काठमाडौँ- रमेश कर्पले मंसिर १९ गते प्रतिष्ठित ट्राभल एजेन्सी बोन्जोय ट्राभल प्रा.लिसँग समझदारी पत्र (एमओयू...

आइशर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबीच क्यासलेस इन्स्योरेन्स सम्झौता

इकागज | मंसिर १९, २०८०

काठमाडौँ- नेपालका लागि आइशर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एम. ए. डब्लु. कमार्सिअल भ...

‘दि नेपाल डिस्टीलरिज’ ले ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने

इकागज | मंसिर १९, २०८०

काठमाडौँ- नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टीलरिज’ ले आफ्ना उपभोक्ताक...

सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषद्धारा सम्मान प्रदान

इकागज | मंसिर १८, २०८०

काठमाडौँ –मंसिर १७ गते अपाङ्गता भएका व्यत्तिहरूको ३२औं अन्तराष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस म...