कर्पोरेट

एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ मा दोब्बर बोनस डेटा पाइने

इकागज | पुस २७, २०८०

 काठमाडौं -एनसेलका सबै ग्राहकले अब प्रत्येक रु ५० वा सोभन्दा माथिको रिचार्जमा एक हजार एमबीसम्मको बोनस डेटाबाट फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले गत मंगलबारदेखि लागू हुने गरी ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना अन्तर्गत प्रदान गरिदंै आएको डेटा बोनसको भोल्युम दोब्बर बनाएको छ ।

यो अफरमा अब ग्राहकले प्रत्येक रिचार्जमा एक हजार एमबीसम्मको डेटा निःशुल्क प्राप्त गर्दछन् । यसरी पाइने बोनस डेटा अल टाइम वा राति ११ बजेदेखि अर्को दिनको साँझ ६ बजेसम्म प्रयोग गर्न मिल्ने टाइम बेस डेटा भोल्युम हुन्छ ।

बोनस डेटा रिचार्ज गरिएको समयदेखि २४ घण्टासम्म मान्य रहनेछ । एनसेल सापटी मार्फत प्राप्त ब्यालेन्स र ब्यालेन्स ट्रान्सफरको ब्यालेन्स बाहेक सबै तरिकाबाट गरिएको रिचार्जमा यो बोनस डेटा लागू हुन्छ ।
 
यसअघि प्रत्येक रिचार्जमा ५०० एमबीसम्म डेटा पाइने गरि यो बोनस डेटा योजना मंसिर २५ बाट संचालनमा ल्याईएको थियो । अब यसै योजना अन्तर्गत दोब्बर बोनस डेटा पाइने भएकाले 
यसले ग्राहकहरुलाई ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ ।
 

नेशनल लाईफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

इकागज | पुस २३, २०८०

काठमाडौँ- एक्सेल एण्ड इलिभेट भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले तीन दिने इम्प्लोइ स्कील इनह्य...

पृथ्वी यातायात अब पूर्ण रुपमा अटोमेशनमा, अनलाइनबाट टिकट काट्न सक्ने

इकागज | पुस १९, २०८०

काठमाडौँ- पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि. पूर्ण रूपमा अटोमेशनमा गएको छ । पछिल्लो समय प्रविधिको...

प्रजनन उपचारको महत्वपूर्ण परिवर्तन : चुनौतीहरूको सामना गर्न इन्दिरा आईभीएफ, नेपाल केन्द्रको स्थापना

इकागज | पुस १५, २०८०

काठमाडौँ- भारतमा आईभीएफ अस्पतालहरूको अग्रणी नेटवर्कको रूपमा मान्यता प्राप्त इन्दिरा आईभीएफले नेपालका लाग...