कर्पोरेट

फोनेपेले सुरु गर्‍यो 'सक्षम नारी' अभियान

इकागज | फागुन १५, २०८०

काठमाडौँ- फोनपे नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्कले देशभरका महिलाहरूका लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नो पछिल्लो अभियान 'सक्षम नारी' सुरु गरेको छ । यस अभियानद्वारा फोनपेले आर्थिक वृद्धि र समृद्धिका लागि नारीहरूले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिई सबै वर्गका नारीहरूलाई डिजिटल भुक्तानीका माध्यममा सशक्त बनाउने कोसिस गरेको छ ।  

फोनपेले नबिल र सानिमा बैंकसँगको सहकार्यमा यो अभियान सुरु गरेको हो । माघ २६ गतेदेखि सुरु भएको यो अभियान फागुन २८ गतेसम्म चल्नेछ ।

अभियानमा सहभागी हुन नबिल र सानिमा बैंकका महिला प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैंकिङ एप मार्फत अभियान अवधिभर कुनै पनि Fonepay सेवाहरू फोनपे QR, Fonepay Direct र Fonepay बिल प्रयोग गरी कम्तीमा ३ वटा कारोबार गर्नुपर्ने रहेको छ । नबिल बैंकका एक जना महिला प्रयोगकर्ताले अभियानको मापदण्ड पूरा गरेपछि श्री बालाजी डायमण्डबाट उत्कृष्ट हीरा सेट पाउनेछन्, साथै सानिमा बैंक र नबिल बैंकका १०० महिला प्रयोगकर्ताहरूले रु १००० को ग्यारेन्टी टप-अप जित्ने छन् ।

अभियानको उद्देश्यका बारेमा बोल्दै फोनपेका Chief Strategy Officer सुबोध शर्माले भने, 'सक्षम नारी अन्य नियमित अभियानहरू भन्दा फरक छ, यो महिलाहरूमा प्रविधि अपनाउन प्रोत्साहित गर्ने पहल हो । हाम्रो तथ्याङ्कले डिजिटल माध्यमबाट महिलाहरू माझ भुक्तानीको प्रयोग कम भएको देखिएको छ र यो अभियान मार्फत हामी यो स्वरूप परिवर्तन गर्न चाहन्छौं । हामी आशा गर्दछौं कि यो अभियानले सबै क्षेत्रका महिलाहरूको जीवनमा सकारात्मक प्रभाव पार्नेछ ।'

फोनपेले सधैं आफ्ना ग्राहकहरूको कारोबारका सुरक्षालाई विशेष प्राथमिकतामा राखेको पाइन्छ र यही अनुरूप सुरक्षित कारोबारलाई सुनिश्चित गर्न भुक्तानीका समस्त सुविधाहरूमा इन्क्रिप्सन र प्रमाणीकरण प्रोटोकलहरू समावेश भएको छ ।

लर्डबुद्ध एजुकेशन फाउण्डेशन र माइक्रोसफ्टबीच सहकार्य गर्ने समझदारी

इकागज | फागुन १४, २०८०

काठमाडौँ- सूचना प्रविधिसम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशन र माइक्रोसफ्ट कम्पनीबीच शैक्...

'बिग सिजी डे' मा नबिल, माछापुच्छ्रे र एनएमबी बैंकद्वारा क्यास ब्याक अफर

इकागज | फागुन १४, २०८०

काठमाडौँ- एनएमबी, नबिल र माछापुच्छ्रेले बिग सिजी डेको अवसरमा ग्राहकहरूका लागि सुनौलो अफर ल्याएको...

इसेवा केयरको इसेवा लाइफ केयर, ५ लाख ३० हजारसम्मको आर्थिक सुरक्षा पाइने

इकागज | फागुन १३, २०८०

काठमाडौँ- नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले इसेवा केयरको सफलतासँगै इसेवा लाइफ केय...

सूर्य नेपाल वेस्टर्न ओपन : रेकर्ड स्कोरमा भुवनलाई करियरको ११औं उपाधि

इकागज | फागुन ११, २०८०

पोखरा- पूर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी रेकर्ड स्कोरसहित सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको...

टेलिकमले ३४ विमानस्थलमा फ्रि वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने

इकागज | फागुन ११, २०८०

काठमाडौँ- नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलहरूमा फ्रि वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने ...

३७औँ वर्ष प्रवेशको अवसरमा नेशनल लाईफ इन्स्योरेन्सको विविध कार्यक्रम

इकागज | फागुन ११, २०८०

काठमाडौँ- नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिहीबार ३६औँ वर्ष पुरा गरी ३७औँ वर्षमा प्रवेश गर...

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ‘एम्.डी.आर.टी’ कार्यक्रम सम्पन्न

इकागज | फागुन १०, २०८०

काठमाडौँ- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखरास्थित, ल्यान्डमार्क होटलमा दुई दिनको 'एम्.डी.आर.टी., ...