कर्पोरेट

अपाचेको आरटीआर १६० नेपालमा

इकागज | बैशाख १४, २०८१

काठमाडौँ- विश्वव्यापी रूपमा टू–ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ ।

नयाँ २०२४ टिभिएस अपाचे आरटीआर १६० स्ट्राइकिङ स्टाइल एलिमेन्टहरू र रेसिङ डिएनए अनुरूप नयाँ आकर्षक ग्राफिक्सको साथ अपडेट गरिएको टिभिएसले जनाएको छ ।

यसको न्यु–जेन इन्जिनले बेस्ट–इन–क्लास पावर प्रदान गर्नुका साथै राइडरहरूको लागि अझ राम्रो प्रदर्शन र माइलेज सुनिश्चित गर्ने टिभिएसको विश्वास छ ।

टिभिएस अपाचे आरटीआर १६० मा २ किलोग्रामको तौल घटाउनुका साथै पावर बृद्धि भएको कारणले सहज सवारी अनुभवको लागि पावर–टु–वेट रेसिओमा वृद्धि ल्याएको बताइएको छ ।

आरटीआर ओभरस्क्वायर न्यु–जेन इन्जिनद्वारा संचालित, २०२४ टिभिएस अपाचे आरटीआर १६० मा चार ओटा स्ट्रोक, फ्युल–इन्जेक्टेड १५९.७ सीसी सिंगल–सिलिन्डर, दुई–भल्भ ओटा क्इज्ऋ एयर–कूल्ड इन्जिन रहेको छ भने यसको पावरहाउसले ८५०० आरपीएममा ११.१९ किलोवाटको अधिकतम पावर र ६,००० आरपीएममा १३.०८ एनएम पीक टर्क प्रदान गर्दछ ।

यसमा डबल–क्र्याडल सिन्क्रो स्टिफ चेसिस रहेको यस मोटरसाइकलमा आक्रामक ब्रेकिङ, स्ट्रेट लाइन पर्फमेन्स र टाइट कर्नरिङका लागि उत्कृष्ट  पाँच–स्पीड गियरबक्स र २७० एमएम रोटो–पेटल डिस्क ब्रेकले रहेको छ । ।

२०२४ टिभिएस अपाचे आरटीआर १६० – म्याट ब्लू, रेसिङ रेड, ग्लोस ब्ल्याक, टी ग्रे र पर्ल ह्वाइट गरि पाँचवटा रंगहरूमा उपलब्ध हुनेछ जसको मूल्य रु. ३,०५,९०० रहेको छ ।

एफआई लेगेसीको १५ वर्ष पूरा, यामाहाद्वारा एफजेडमा १० वर्षको वारेन्टी

इकागज | बैशाख ११, २०८१

काठमाडौँ- मोटरसाइकल उद्योगको क्षेत्रमा अग्रणी नाम यामाहाले नेपालमा सर्वप्रथम फ्युल इन्जेक्सन (एफआई) प्रविधि...

फोनपे पेमेन्ट सर्भिस लिमिटेडद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्‍जालको सुरुवात

इकागज | बैशाख ९, २०८१

ललितपुर- फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरे...

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

इकागज | बैशाख ७, २०८१

काठमाडौँ- कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण...

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

इकागज | बैशाख ६, २०८१

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा दूरसञ्चार सेवाको महत्वपूर्ण भूमिक...

कामना सेवा विकास बैंक र लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोबीच सम्झौता

इकागज | बैशाख ५, २०८१

काठमाडौँ- कामना सेवा विकास बैंकले काठमाडौँस्थित लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोसँग सेवा शुल्क छुटसम्बन्ध...

स्मिथ एण्ड स्मिथ, रोमानियाबाट रेमिट्यान्स पठाई हरेक हप्ता १० हजार र बम्परमा एक लाख जित्ने मौका

इकागज | बैशाख २, २०८१

काठमाडौँ- नयाँ वर्षसँगै रोमानियाबाट स्मिथ एण्ड स्मिथमार्फत बैंक खाता, ई-सेवा वालेट वा नगदमा ...