कर्पोरेट

'अनर मे उत्सव'मा के-के छ उपहार ?

इकागज |
बैशाख १९, २०८१ बुधबार १४:४ बजे

काठमाडौँ- टेक्नोलोजी ब्रान्ड अनरले  मे महिनालाई लक्षित गर्दै  'अनर मे उत्सव' ल्याएको छ । जसमा नेपालभरका अनरका ग्राहकहरूका लागि आकर्षक  उपहारहरू समावेश छन् ।

नेपालको लागि अनरको आधिकारिक बिक्रेता सेलट्रोन नेपाल प्रा.लिले मे उत्सव अभियानको घोषणा गरेको हो जसमा ग्राहकहरूले प्रत्येक अनर स्मार्टफोनको खरिदमा उपहारहरू प्राप्त गर्न सक्छन् र साथै लक्की ड्रमार्फत भेस्पा जित्ने मौका पनि पाउन सक्नेछन् ।


अनर स्मार्टफोनहरू खरिद गर्ने ग्राहकहरूले यस प्रवर्धनको एक भागको रूपमा विशेष उपहारहरू प्राप्त गर्नेछन् । अनर 90 5G को खरिदमा, ग्राहकहरूले रु. १३,९९९/- मूल्यको अनर Choice Watch प्राप्त गर्नेछन् । त्यसैगरी अनर X9b खरिद गर्नेहरूले रु. ५,४९९/- मूल्य भएको अनर Choice Earbuds X5 प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, अनर 90 Lite खरिद गर्ने ग्राहकहरूले रु. ३,९९९/- मूल्य को Anker Soundcore Life P2i र अनर X7b वा अनर X8b को खरिदकर्ताहरु ले रु २०००/-. मूल्यको वैज्ञानिक क्याल्कुलेटर प्राप्त गर्नेछन्। थप रूपमा अनर X5 Plus खरिद गर्ने ग्राहकहरूले रु. १,३९५/- मूल्यको Sunelan S3  नि:शुल्क उपहार प्राप्त गर्नेछन् ।

यसबाहेक, उत्सव मा थप उत्साह को लागि लक्की ड्र पनि रहनेछ, जहाँ अनर 90 5G का एक भाग्यशाली ग्राहकले भेस्पा जित्ने मौका पाउने छन् ।

यी आकर्षक उपहारको बहार १ मेबाट सुरु भएर ११ मे २०२४ सम्म जारी रहनेछ भने यो अबधि मा खरिद गरियका फोनहरूमा मात्र उपलब्ध हुनेछ । अफलाइन र अनलाइन दुवै प्लेटफर्महरूमा मान्य रहने यो अफर  ग्राहकहरूले अनर आधिकारिक स्टोरहरू वा Daraz र HUKUT जस्ता अनलाइन प्लेटफर्महरूबाट खरिद गर्न सक्छन् ।

मोडेल

उपहार

अनर 90 5G
(१२+२५६) जी बि   
(१२+५१२) जी बि 
  

रु. १३,९९९/- मूल्य को अनर Choice Watch

एक अनर 90 5G को खरिदकर्ता ले लक्की ड्र भेस्पा जित्न सक्नु हुनेछ  

अनर X9b 5G

रु. ५,४९९ /-मूल्य को अनर Choice Earbuds X5

अनर 90 Lite

रु. ३,९९९/- मूल्य को Anker Soundcore Life P2i  

अनर X8b

रु. २,०००/- मूल्य को Scientific Calculator

अनर X7b

रु. २,०००/- मूल्य को Scientific Calculator

अनर X5 Plus

रु. १,३९५/- मूल्य को Sunelan S3

 


Author

थप समाचार
x