सूचना-प्रवधि

सुई-रहित इन्जेक्शन प्रविधिका लागि सीरमले अमेरिकी कम्पनीसँग सहकार्य गर्दै

इकागज | जेठ ५, २०८१

काठमाडौँ- विश्वको सबैभन्दा ठूलो भ्याक्सिन निर्माता सीरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले सुई-फ्री इन्जेक्शन प्रणाली प्रविधिको विकासका लागि अमेरिकी कम्पनीसँग सहकार्य गर्ने भएको छ ।

एसआईआईले अमेरिकामा मुख्यालय भएको इन्टेग्रीमेडिकलको भारतीय शाखाको २० प्रतिशत शेयर खरिद गरेको इकोनोमिक्स टाइम्सले जनाएको छ । तर सम्झौताको वित्तीय विवरण खुलासा गरिएको छैन ।

इन्टेग्रीमेडिकलले अमेरिकामा पेटेन्ट रहेको सुई-रहित (निडल-फ्री) इन्जेक्शन प्रणाली (एन-एफआईसी) विकास गरेको छ जसले जीवविज्ञान र औषधिहरूलाई प्रभावकारी र निरन्तर रूपमा व्यवस्थापन गर्न मेकानिकल शक्ति प्रयोग गरेर उच्च-वेगको जेट स्ट्रिम प्रयोग गर्छ ।

यसले सुई लगाउन डराउने बिरामीहरूलाई रमाइलो र तनावमुक्त अनुभव प्रदान गर्दै सुई लगाउने समयमा दुखाइ कम गर्ने लक्ष्य राखेको छ ।

डिजिटल डिभाइडको अन्त्य गर्न डिजिटल पूर्वाधार अपरिहार्य

रेखा शर्मा | जेठ ४, २०८१

आज अर्थात् मे १७ मा हरेक वर्ष विश्व दूरसञ्चार दिवस मनाइन्छ । यो वर्ष पनि विश्वव्यापी रूपमा विश्व दूरसञ्चार त...

ओपनएआईले सार्वजनिक गर्‍यो च्याटजिपिटीलाई बलियो बनाउने जिपिटी-४ओ मोडल

इकागज | जेठ १, २०८१

काठमाडौँ- ओपनएआईले नयाँ फ्ल्यागशिप जेनेरेटिभ एआई मोडेल घोषणा गरेको छ । ओपनएआईले च्याटजिपिटीलाई बलियो...

भारतको उत्तर प्रदेश सरकारले कृषि स्टार्टअपलाई प्रवर्द्धन गर्ने, खेतीमा एआई लागू गर्ने

इकागज | बैशाख ३१, २०८१

काठमाडौँ- भारतको उत्तर प्रदेश सरकारले ग्रामीण अर्थतन्त्र र 'स्मार्ट खेती' लाई प्रवर्द्धन कृषि स्टार्टअ...

१२ वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय

इकागज | बैशाख ३१, २०८१

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क कम्युनिकेसनले प्रालिले विभिन्न समयमा दर्ता...