सूचना-प्रवधि

अमेरिकाले पृष्ठभूमि जाँच बिना बिक्री गर्न अनुमति दिने 'गन शो लुपहोल' अन्त्य गर्ने

इकागज | चैत ३०, २०८०

काठमाडौँ- अमेरिकाले संघीय पृष्ठभूमि जाँच बिना बन्दुक शो र इन्टरनेटमा हजारौं हतियारहरू बेच्न अनुमति दिने 'लुपहोल' अर्थात छिद्रलाई बन्द गर्ने भएको छ ।

यसले करिब २३ हजार बिक्रेताहरूलाई इजाजतपत्र प्राप्त हतियार डिलरहरूको रूपमा वर्गीकृत गर्नुका साथै उनीहरुलाई बन्दुक बिक्रीका लागि चेकजाँचको अधीनमा समेत ल्याउने बीबीसीले जनाएको छ ।

महान्यायाधिवक्ता मेरिक गारल्याण्डले नाफा कमाउन मुख्यतया बन्दुक बेच्ने इजाजतपत्र प्राप्त गर्नुपर्ने बताएका छन् ।

जो बाइडेन प्रशासनले बन्दुक समर्थक समूहहरूले यस निर्णयविरुद्ध अदालतमा जाने अपेक्षा गरिएपनि आफूहरू जित्नेमा विश्वस्त भएको जनाएको छ ।

अमेरिकामा करिब ८० हजार इजाजतपत्र प्राप्त बन्दुक डिलरहरूको पहिले नै पृष्ठभूमि जाँच गर्न आवश्यक देखिएको छ ।

गन वाइलेन्स आर्काइभका अनुसार गत वर्ष अमेरिकामा बन्दुकसँग सम्बन्धित घटनामा ४० हजारभन्दा बढीको मृत्यु भएको थियो ।

अमेरिकी सरकारी परामर्श फर्मबाट ३ लाख ४० हजार सामाजिक सुरक्षा नम्बरहरू चोरी

इकागज | चैत २७, २०८०

काठमाडौँ- अमेरिकाको सरकारी परामर्श फर्मबाट ह्याकरहरूले ३ लाख ४१ हजारभन्दा बढी सामाजिक सुरक्षा नम्बरहरू&...

सामसङले टेक्ससको चिप निर्माण गर्ने कम्पनीको लगानी ४४ बिलियन डलर पुर्‍याउने

इकागज | चैत २३, २०८०

काठमाडौँ- जर्मन टेक्नोलोजी कम्पनी सामसङ इलेक्ट्रोनिक्सले अमेरिकाको टेक्ससमा रहेको चिप निर्माण गर्ने कम्पनीक...