सूचना-प्रवधि

भारतले फिलिपिन्सलाई चौथो ब्रह्मोस मिसाइल ब्याट्री दिने

इकागज | बैशाख ११, २०८१

काठमाडौँ- भारतले फिलिपिन्सलाई ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको चौथो ब्याट्री पठाउने भएको छ ।

दक्षिण चीन सागरमा चिनियाँ दाबीका कारण बढ्दो तनावको बीचमा भारतले फिलिपिन्सलाई ब्रह्मोस मिसाइलको चौथो ब्याट्री पठाउने भएको हिन्दुस्तान टाइम्सले जनाएको हो ।

भारतले यसअघि तीन वटा मिसाइल ब्याट्री पठाइसकेको जनाइएको छ । भारत र फिलिपिन्सबीच सन् २०२२ मा मिसाइल ब्याट्रीका लागि ३ सय ७५ मिलियन अमेरिकी डलरको सम्झौता भएको थियो ।

प्रत्येक ब्याट्रीमा चारवटा लन्चरहरू समावेश रहेको छ जसमा तीनवटा २ सय ९० किलोमिटर दूरी प्रहार गर्न सक्ने मिसाइलहरू छन् ।

चीनले लगायो व्हाट्सएप र थ्रेड्समा प्रतिबन्ध, एप्पल एप स्टोरबाट पनि हट्‌यो

इकागज | बैशाख ८, २०८१

बेइजिङ- एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका दुई ठूला एप हटाइदिएको छ ।  समाचारअ...

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

इकागज | बैशाख ६, २०८१

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा दूरसञ्चार सेवाको महत्वपूर्ण भूमिक...

अमेरिकी अनुदानपछि चिप्स आपूर्ति श्रृंखला विस्तार गर्ने तयारीमा सामसङ

इकागज | बैशाख ४, २०८१

काठमाडौँ- अमेरिकाले ६.४ बिलियन अमेरिकी डलर अनुदान दिने तथा थप लगानी गर्ने भएपछि दक्षिण कोरियाली कम्प...