सुदूरपश्चिम

कञ्चनपुरबाट एक मेडिकल सञ्चालक पक्राउ

इकागज | माघ १३, २०८०

काठमाडौँ- कञ्चनपुरबाट जोखिमयुक्त औषधि बेचेको भन्दै प्रहरीले एक मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका–२ बंकका मेडिकल व्यवसायी देवसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले मेडिकलमा खानतलासी गर्ने क्रममा विभिन्न जोखिमयुक्त औषधि भेटिएपछि पक्राउ गरिएको बताए ।

उक्त क्षेत्रका ९ मेडिकलमा चेकजाँच गरेको थियो । सो क्रममा नेपाल औषधि व्यवस्था विभागले तोकेका मापदण्डविपरीत औषधि बेचबिखन गर्ने गराउने र बिनाइजाजत औषधि बेचबिखन गरिरहेको पाइएकाले औषधिसहित सञ्चालकलाई पक्राउ गरिएको प्रवक्ता डाँगीले बताए ।

पक्राउ परेका औषधि व्यवसायी धामीका विषयमा थप अनुसन्धान गरेर कारबाही गरिने प्रहरीले जनाएको छ ।

स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष जोशीको निधन, आज सार्वजनिक बिदा

इकागज | माघ ४, २०८०

काठमाडौँ- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ । गाउँपालिक...