सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा शाही

इकागज | जेठ ५, २०८१

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त भएका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले शाहीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिकामा विसं २०३१ मा जन्मिएका शाहीले त्रिभुवन विश्वविद्यालयको ल क्याम्पसबाट बीएलसम्मको अध्ययन गरेका छन् ।

राष्ट्रिय आवास कम्पनी लिमिटेड र चिया कफी विकास बोर्डको कानुनी सल्लाहकारको भूमिका निर्वाह गरेका शाही विसं २०६२ देखि कानुनी पेसामा आबद्ध छन् ।

प्रदेश प्रमुखको कार्यालय धनगढीमा आज प्रदेश प्रमुख मियाँको उपस्थितिमा नवनियुक्त मुख्य न्यायाधिवक्ता शाहीलाई उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

नक्कली डाक्टर पक्राउ

इकागज | जेठ ३, २०८१

डोटी- जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शि...

कैलालीमा एम्बुलेन्स दुर्घटना, भारतमा उपचार गरेर फर्किएकी युवतीको मृत्यु

इकागज | जेठ १, २०८१

धनगढी- कैलालीमा एम्बुलेन्स दुर्घटनामा परी एक युवतीको निधन भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा ...