सुदूरपश्चिम

आगलागी हुँदा २५ लाख बढीको क्षति

इकागज | बैशाख २२, २०८१

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार अपराह्न आगलागी हुँदा रु २५ लाखभन्दा बढीको क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा ठगुन्नाको घरगोठ नष्ट भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार आगलागी हुँदा तीन वटा बाखा मरेका तथा एउटा भैँसी जलेर मरणासन्न अवस्थामा छ । घरसँगै अन्न, लुगाकपडा, गहना, महत्वपूर्ण कागजपत्र र रु पाँच लाख नगद जलेको प्रहरी निरीक्षक बुढाऐरले बताए ।

स्थानीय बासिन्दा र प्रहरीले आगलागी नियन्त्रणका लागि भगीरथ प्रयास गरे पनि ठगुन्ना परिवारको घर गोठ जोगाउन भने सकेनन् । “ठगुन्ना परिवारको घर गोठमा आगलागी हँुदा निकै ठूलो क्षति भएको छ”, स्थानीय अरुणकुमार सिंहले भने, “शरीरमा लगाएको लुगाबाहेक पीडित परिवारसँग केही बचेन ।” आगलागी पीडित परिवारलाई नेपाल रेडक्रस उपशाखा झलारीले त्रिपाल, भाँडाकुडा, कपडालगायत सामग्री प्रदान गरेको छ । रासस

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

इकागज | बैशाख २२, २०८१

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने गरि प्रदेशसभा बैठक आजको ल...

सुदूरपश्चिममा मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको प्रतिवाद गर्ने कांग्रेसको निर्णय

इकागज | बैशाख २०, २०८१

धनगढी- नेपाली कांग्रेसले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभामा दर्ता गरेको विश्वासको...

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

इकागज | बैशाख १९, २०८१

सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेश...

नयाँ हौँ भन्नेहरू र राजा ल्याउछौं भन्नेहरूको अवस्था पनि उपनिर्वाचनबाट थाहा भयो : ज्ञवाली

इकागज | बैशाख १९, २०८१

बैतडी- नेकपा एमालेका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीले इलाम र बझाङको उपनिर्वाचनले एमाल...